२८ भाद्र २०८३, आईतवार
,
Latest
जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना नियन्त्रणका लागि गगनले बुझाए सरकारलाई ११ बुँदे ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले कोरोना भाइरस (कोभिड–१९) को जोखिमका सम्बन्धमा सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।

थापाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई पत्र लेख्दै ध्यानाकर्षण गराएका हुन्।

कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गरेर आवश्यक तयारीमा जुट्न आग्रह गर्दै थापाको अगुवाईमा फागुन १८ मा प्रतिनिधि सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए ।

त्यस लगत्तै सरकारले फागुन २८ मा उक्त समितिको बैठक राखेर काम सुरु गरेको थियो। बुधबार बिहान थापाले उक्त विशेष ध्यानाकर्षण मुख्य सचिव लोकदर्शन रेग्मीमार्फत बुझाएका हुन्। रेग्मी उक्त समितिका सदस्य पनि हुन्।