१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहुविवाह मुद्दामा एमाले नेता पासाङ शेर्पा पक्राउ



अ+ अ-

काठमाडौं। नेकपा (एमाले) का केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन् । उनलाई आज (मंगलबार) प्रहरीले काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो।

ताप्लेजुङका शेर्पालाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले मंगलबार धुम्बाराहीबाट पक्राउ गरेको हो। शेर्पा एमालेको जनसंगठन जनजाति महासंघका अध्यक्षसमेत हुन्।

बहुविवाह कसुरमा जिल्ला अदालत काठमाडौंले २३ चैत २०७९ मा १ कैद र ५ हजार जरिवाना गर्ने फैसला गरेको थियो । जिल्लाको आदेशविरुद्ध उनी उच्च अदालत गएका थिए । तर उच्च अदालत पाटनले पनि जिल्लाको फैसला सदर गरेको थियो ।

आदिवासी जनजाति आन्दोलनमा समेत सक्रिय रहेका शेर्पा मिक्वाखोला-५, ताप्लेजुङका हुन् ।