१२ असार २०८३, शुक्रबार
,
Latest
लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसइई: गाउँपालिकाको सेवा हुनु त यस्तो पो !



अ+ अ-

स्याङ्जा । फेदीखोला गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन परीक्षा केन्द्र नजिक बसेका विद्यार्थीलाई घरघर पुर्यादिन शुरु गरेको छ । यसका लागि सो गाउँपालिकाले आज विहानदेखि निः शुल्क बस सेवा सञ्चालन गरी विद्यार्थीलाई घरघर पुर्याइदिन थालेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।

कोभिड–१९को जोखिमलाई ध्यादिँदै सरकारले बुधबार साँझ आजदेखि शुरु हुने भनिएको सो परीक्षा स्थगन गर्ने निर्णय गरेको थियो । फेदीखोला र खड्केटारी बजारमा बसेका फेदीखोला गाउँपालिका–५ बागे मैदान मावि र ४ गलेम शीतला माविका विद्यार्थीलाई आज बिहानदेखि घर पुर्याउन यातायातको व्यवस्था गरिएको उनले बताए ।

यसपटकको सो परीक्षामा देशभर कूल चार लाख ८२ हजार ७०७ विद्याथी सहभागी हुने जनाइएको थियो ।