२८ भाद्र २०८३, आईतवार
,
Latest
जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
तपाईं के खोज्दै हुनुहुन्छ ?

होटेलमा बस्ने विदेशी पाहुना सरकारको निगरानीमा



अ+ अ-

काठमाडौं । सरकारले होटेलमा बस्ने विदेशी पाहुनाको निगरानी गर्ने भएको छ । यसका लागि विद्यूतीय प्रणालीमार्फत हरेक होटेलले विदेशी पाहुनाको विवरण सरकारलाई बुझाउनु पर्ने भएको छ ।

पर्यटन विभागका अनुसार विभागबाट स्तर वर्गिकरण गरिएका रिसोर्ट तथा तारे होटेलले आ–आफ्नो विद्यूतीय प्रणालीमार्फत विदेशबाट आएका आगन्तुकको चेकइन–चेक आउट, आगामी गन्तब्यलगायत विवरण भरेर विभागको पोर्टलमा प्रविष्ट गर्ने प्रणालीको विकास गरिएको छ । सोही अनुसार होटेलले आफ्नो पाहुनाको विवरण विभागलाई तत्काल उपलब्ध गराउनुपर्ने भएको छ ।

विवरणमा पर्यटकको नाम, पासपोर्टको विवरण, देश,ठेगाना र नेपालमा रहने अवधी उल्लेख गर्नुपर्छ । साथै, त्यस होटेलमा रहने विवरण, आगामी गन्तब्य, होटेलको सम्पर्क व्यक्ति तथा नम्बर र अन्य आवश्यक सूचना भएमा समेत विभागको पोर्टलमा प्रविष्ट गर्नु पर्ने निर्णय विभागले ल्याएको छ । विभागबाट स्तर वर्गीकरण नभएका विदेशी पर्यटक राख्ने होटेल, रिसोर्ट तथा अतिथि गृहले आगन्तुकको विवरण विभागको पोर्टलमा प्रविष्ट गर्नुपर्छ ।

त्यसका लागि विभागबाट ‘यूजर’ एक्टिभ गराउनु पर्ने भएको छ । नेपाल आएका विदेशीको ट्रयाकिङका लागि यस्तो नियम ल्याइएको पर्यटन विभागले जनाएको छ । कुन पर्यटक कहाबाट आएको र कुन होटेलमा कुन प्रयोजनमा बसेको छ भन्ने विवरण अब सरकारसमक्ष हुने भएकाले कोरोना संक्रमणको जोखिम विश्लेषण गर्न सहज हुने बताईको छ ।