१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजीनामाको हल्लामा सत्यता छैनः कुलमान घिसिङ



फाइल फोटो
अ+ अ-

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले आफूले पदबाट राजीनामा दिने चर्चा निराधार भएको स्पष्ट गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री घिसिङले राजीनामा दिन लागेको भन्ने समाचारमा कुनै सत्यता नभएको बताएका हुन् ।

उनले लेखेका छन्, “पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु । जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ ।”

मन्त्री घिसिङले थपे, “तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु ।”

हाल घिसिङ ऊर्जासँगै दुई अन्य मन्त्रालयको पनि कार्यभार सम्हालिरहेका छन् ।