१२ असार २०८३, शुक्रबार
,
Latest
काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलीना राईको ‘जेल पनि सहुँला, नेल पनि सहुँला’ सार्वजनिक



अ+ अ-

काठमाडौं । मेलीना राई र बलबहादुर राजवंशीको स्वरमा रहेको गीत ‘जेल पनि सहुँला, नेल पनि सहुँला‘’ सार्वजनिक भएको छ । रोहन पौडेल ‘जनक’को शब्द, हरि लम्सालको सङ्गीत निर्देशन, राजबाबु चौधरीरअजय कार्कीको रेकडिस्ट र चन्द्र चौधरीको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

लक्ष्मी वर्देवा र जीवन भट्टराईको निर्देशन रहेको गीतको भिडियोमा लक्ष्मी र जीवनलाई नै फिचरिङ गरिएको छ । भिडियोमा स्कुलको शिक्षिका र पालेदाईको माया प्रेमलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।

दोरम्बा रामेछापको आसपासमा बनाईएको गीतको भिडियोमा पाले दाई र शिक्षिकाबीच माया प्रेम बसेपछि जेल, नेल उस्तै परे काल पनि सहने कुरा व्यक्त गरिएको छ ।

शब्दरसङ्गीत र स्वरको सुन्दर समिश्रण रहेको गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा विष्णु खड्काको सम्पादन रहेको छ ।

‘यहाँहरु माझ फेरि एउटा नयाँ काशेली जेल पनि सहुँला लिएर आएको छु, तपाईंहरुको साथ र मायाको अपेक्षा गर्दछु’, राजवंशीले भने । यस्तै सङ्गीतकार हरि लम्सालले भने- ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो स्रोतारदर्शकमाझ पस्किएका छौ सबैको माया पाउँनेमा हामी आशावादी छौ ।’

https://youtu.be/ztZ0mUQYswo