२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलीना राईको ‘जेल पनि सहुँला, नेल पनि सहुँला’ सार्वजनिक



अ+ अ-

काठमाडौं । मेलीना राई र बलबहादुर राजवंशीको स्वरमा रहेको गीत ‘जेल पनि सहुँला, नेल पनि सहुँला‘’ सार्वजनिक भएको छ । रोहन पौडेल ‘जनक’को शब्द, हरि लम्सालको सङ्गीत निर्देशन, राजबाबु चौधरीरअजय कार्कीको रेकडिस्ट र चन्द्र चौधरीको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

लक्ष्मी वर्देवा र जीवन भट्टराईको निर्देशन रहेको गीतको भिडियोमा लक्ष्मी र जीवनलाई नै फिचरिङ गरिएको छ । भिडियोमा स्कुलको शिक्षिका र पालेदाईको माया प्रेमलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।

दोरम्बा रामेछापको आसपासमा बनाईएको गीतको भिडियोमा पाले दाई र शिक्षिकाबीच माया प्रेम बसेपछि जेल, नेल उस्तै परे काल पनि सहने कुरा व्यक्त गरिएको छ ।

शब्दरसङ्गीत र स्वरको सुन्दर समिश्रण रहेको गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा विष्णु खड्काको सम्पादन रहेको छ ।

‘यहाँहरु माझ फेरि एउटा नयाँ काशेली जेल पनि सहुँला लिएर आएको छु, तपाईंहरुको साथ र मायाको अपेक्षा गर्दछु’, राजवंशीले भने । यस्तै सङ्गीतकार हरि लम्सालले भने- ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो स्रोतारदर्शकमाझ पस्किएका छौ सबैको माया पाउँनेमा हामी आशावादी छौ ।’

https://youtu.be/ztZ0mUQYswo