२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानसेनापति सिग्देल चीनको औपचारिक भ्रमणमा प्रस्थान अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिल्क एयरमा नेपाल आइपुगेका विदेशीलाई फिर्ता गर्ने तयारी



अ+ अ-

काठमाडाैं

काेराेना प्रभावित मुलुकका नागरिकलाई नेपाल प्रवेशमा राेक लगाइए पनि सिंगापुरबाट आएको सिल्क एयरमा नेपाली सहित विदेशी नागरिक पनि नेपाल आइपुगेका छन् । विमानमा सवार नेपाली बाहेक अरूलाई आगमन मुलुकतर्फ नै फिर्ता पठाइने भएको छ ।

शनिबार बेलुका साढे ८ बजे त्रिभुवन विमानस्थलमा उत्रेकाे विमानमा काेराेना प्रभावित नेदरल्यान्डस लगायतका देशका यात्रु भेटिएका थिए ।

त्रिभुवन विमानस्थल अद्यागमन कार्यालयका प्रमुख सागर आचार्यले विमानस्थलमा सबै यात्रुको स्क्रिनिङ गरिएको जानकारी दिँदै विमानमा रहेका नेपाली यात्रुको ज्वरोलगायतका स्वास्थ्य परीक्षण गरेर क्वारेन्टाइनमा राख्नुपर्ने नपर्ने निर्क्यौल गरिने बताउनुभयाे ।

नेपालबाट सिंगापुर जानका लागि पहिले नै १६० जनाले बोर्डिङ पास लिएर बसेको पनि प्रमुख आचार्यले जानकारी दिनुभयाे ।

सरकारले आइतबारदेखि सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ । त्यस्तै यसअघि नै सरकारले युरोपका सबै, पश्चिम एसिया, खाडी मुलुक र कोरोना प्रभावित मुलुकका नागरिकको प्रवेशमा रोक लगाइसकेको छ ।