२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाकाहरूमा जोखिमपूर्ण आवागमन (अखबार)



अ+ अ-

काठमाडौं

कोरोनाभाइरसकाे त्रासदी राेक्न सरकारले चालेका कदममाथि आइतबारका पत्रपत्रिकाले विभिन्न काेणबाट समाचार, लेख र विचार सम्प्रेषण गरेका छन् । ‘नाकाहरूमा जोखिपूर्ण आवागमन’ शीर्षकमा कान्तिपुरले मुख्य समाचार बनाएको छ । कोरोना संक्रमण रोक्न सरकारले अन्तर्राष्ट्रिय र आन्तरिक आवागमनमा कडाइ गरे पनि भारतसँगका अधिकांश नाकाबाट जोखिमपूर्ण आउजाउ भइरहेको समाचारको सार छ ।

सिमामा स्वास्थ्य परीक्षण गर्दै सैनिक स्वास्थ्यकर्मी कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि कञ्चनपुरको पश्चिमी नाका गडडाचौकीमा शनिबार बिहान भारतबाट फर्केका नेपालीको स्वास्थ्य परीक्षण गर्दै सैनिक स्वास्थ्यकर्मी । शनिबार बिहान मात्रै सात हजार भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको सेनाले जनाएको छ । तस्बीरः शेरबहादुर सिंह/रासस, कञ्चनपुर

कान्तिपुरले जस्तै अन्नपूर्ण पाेस्टले पनि सीमा नाकाहरूबाट भइरहेको आवागमनबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार, सीमा नाकाबाट असुरक्षित तरिकाले हुलका हुल नेपाली घरतर्फ आइरहेका छन् ।

केही अखबारका मुख्य पृष्ठहरू