१२ असार २०८३, शुक्रबार
,
Latest
काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटालीकाे परिस्थिति अझ भयावह, एकै दिन ७९३ जनाकाे मृत्यु, मृतक संख्या ४,८०० नाघ्याे



अ+ अ-

काठमाडौं

युराेपमा काेराेना भाइरसकाे सर्वाधिक प्रभाव परेकाे इटालीमा मृतककाे संख्या लगातार उकालाे लागेकाे छ । परिस्थिति अझै भयावह बन्दै गएकाे विश्वका संचार माध्यमहरूले जनाएका छन् । शनिबार मात्र इटालीमा ७९३ जनाकाे ज्यान गएकाे छ, र यीमध्ये अधिकाँश बुढ्याैली उमेरका मानिसहरू रहेका छन् । कोरोना भाइरसका कारण एकै दिन यति ठूलाे संख्यामा मानिसकाे मृत्यु भएकाे याे पहिलाे घटना हो ।

इटालीकाे सेनाले शवहरू उठाएर शवदाह गृहसम्म लैंजादै गरेकाे दृश्य । तस्वीरः इपिए

काेराेनाभाइरसकाे तथ्याँक सार्वजनिक गरिरहेकाे वर्ल्डओमिटर्स डट इन्फाेका अनुसार, इटालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८२५ पुगेको छ । कोरोनाको उद्गमस्थल चीनको भन्दा यो १ हजार ५६४ ले बढी हो । चीनमा हालसम्म ३ हजार २६१ जनाकाे ज्यान गएकाे छ ।

इटालीमा मृत्युदरसँगै संक्रमण दर पनि बढेको छ । बितेको २४ घण्टामा मात्रै यहाँका ६ हजार ५ सय ५७ मानिसमा कोरोनाको लक्षण भेटिएको छ । योसँगै कुल संक्रमितको संख्या ५३ हजार ५ सय ७८ छ । यीमध्ये २ हजार ८ सय ५७ को अवस्था गम्भीर रहेको छ ।

इटालीकाे उत्तरी लाेम्बार्डी क्षेत्रमा बढी प्रभाव देखिएकाे काेराेनाभाइरसका कारण मृत्यु भएकाहरूकाे अन्तिम संस्कार गर्ने ठाउँकाे समेत अभाव हुन थालेकाे भन्दै यहाँ चिन्ता व्यक्त गरिएकाे खबर छ ।

युराेपका अन्य कतिपय देशकाे अवस्था पनि नाजूक बन्दै गएकाे छ । स्पेनमा १३७८, जर्मनीमा ८४, फ्रान्समा ५६२, बेलायतमा २३३, नेदरल्यान्ड्समा १३६, बेल्जीयममा ६७, स्वीडेनमा २० जनाकाे मृत्यु भएकाे छ । यी मुलुकमा लकडाउन गरिए पनि मृतककाे संख्या र संक्रमितकाे संख्या निरन्तर बढेकाे छ । स्पेनमा शनिबार एकै दिन २६७ जनाकाे ज्यान गएकाे छ ।

संक्रमितकाे संख्याका दृष्टिले चीन र इटालीपछि अमेरिका पुगेकाे छ । यहाँ शनिबारसम्ममा करिब २७ हजार व्यक्ति संक्रमित भएका छन् । अमेरिकाका कैयाैं राज्यमा लकडाउन गरिए पनि शनिबार एकै दिन ७ हजारभन्दा बढीमा संक्रमण देखिएकाे छ ।