२२ आश्विन २०८१, मंगलवार
,
Latest
पशुपति गौशाला धर्मशाला खाली गर्न महानगरपालिकाको माइकिङ जोखिम छ तर, नागढुङ्गा–मुग्लिन सडकमा आत्तिनु पर्दैन ! विस्थापितको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्छः गृहमन्त्री लेखक सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाई समारोह २०८१ को अन्तिम तयारी- फोटो फिचर सामान्य बन्दै हवाई उडान विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छः प्रधानमन्त्री राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने उपत्यकामा पुनः मेलम्चीको पानी वितरण शुरु राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने दसैँतिहारका अवसरमा अल्फा बिटाको सुभकामना आदानप्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसैले कलोबजारी गरेमा ३ लाख जरिवाना र ५ वर्ष जेल हुन्छ : मन्त्री भट्ट



अ+ अ-

काठमाडौं । बजारमा अभाव सिर्जना गरी कलोबजारी गर्नेलाई ३ लाख जरिवाना र ५ वर्ष जेल सजाय हुने भएको छ ।

कोरोना भाइरस (कोभिड-१९) संन्त्रास फैलिएसँगै देशभरी कालोबजारी बढेको गुनासो बढेका बेला सरकारले तीन लाख जरिवाना सहित ५ वर्ष जेल सजाय हुने बताएको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालोबजारी र मुनाफाखोरी गरी अभाव सिर्जना गरेको फेला परेमा यस्तो सजायको व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बजारमा अभाव सिर्जना गर्नेलाई ५ वर्षको कैद सजाय हुन्छ । कुनै सम्झौता हुन सक्दैन् । बदमासी गरेको देख्नुभयो भने तपाईले खवर गर्नुहोस् । त्यसलाई हामी तत्काल कारावही गर्छौँ । कारावही गर्नेमा कुनै शंका नगर्नुहोस् ।’

रिपोर्टस क्लबमा भएको साक्षत्कारमा मन्त्री भट्टले कोरोना विरुद्ध लड्नुपर्ने बेलामा सबैले गम्भिरताका साथ लिएर एकजुट हुनुपर्ने बताउनुभयो । सीमानाकाबाट नेपाल आउन नदिनेगरी नाका बन्द गर्ने विषयमा भारतसँग कुटनीतिक रुपमा सरकारले कुरा गरिरहेको बताउनुभएको छ । देशमा अघोषित संकटकालको अवस्थामा भोलीको दिनलाई मध्यनजर गर्दै सरकारले पूर्व तयारका सबै कामहरु गरिरहेको बताउनुभयो ।