१ आश्विन २०८३, बिहीबार
,
Latest
सरकारी निर्णय प्रक्रिया अब डिजिटल प्रणालीमा, ढिलाइ भए फाइल स्वतः माथिल्लो तहमा जाने देउवालाई सभापति थापाको आग्रहः महाधिवेशन उद्घाटनमा आउनुहोस् भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर बेपत्ताः ट्रक महासंघ आ.व.२०८२-८३ मा अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी बढे, सङ्घीय सरकारतर्फ भूमि मन्त्रालयका उजुरी धेरै रास्वपाले गर्‍यो शहीद परिवारको प्रदर्शनको विरोध, सांसदलाई धम्की दिने कार्य स्वीकार्य नभएको दाबी सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा पहुँच खोज्न सकिन्छ : सञ्चारमन्त्री डा तिमिल्सिना केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपा पुगे देउवा–खड्का पक्षीय नेता (फाेटाे फिचर) रगतको मौज्दात विवरण तत्काल अद्यावधिक गर्न ३९ रक्तसञ्चार केन्द्रलाई स्वास्थ्य मन्त्रालयको निर्देशन चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव परिवारजनलाई हस्तान्तरण ‘द ग्रे जोन’को रिपोर्टबारे सरकारले जवाफ देओस्ः एमाले सांसद पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा पनि ‘एक्सप्रेस–टी’ डेडिकेटेड सर्भिस सेन्टर शुरु



अ+ अ-

काठमाडौं । टाटा मोटर्सको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले आफ्नो लोकप्रिय विद्युतीय ट्याक्सी ‘एक्सप्रेस–टी’ का ग्राहकहरूका लागि भक्तपुरमा नयाँ डेडिकेटेड सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। काठमाडौं उपत्यकामा बढ्दो एक्सप्रेस–टीको प्रयोग र ग्राहकको सहजतामाथि केन्द्रित हुँदै सिप्रदीले भक्तपुरको सल्लाघारीमा यो नयाँ सर्भिस सेन्टर सुरु गरेको हो।

अब बालकुमारी र गोंगबुमा रहेका सर्भिस सेन्टरसँगै एक्सप्रेस–टीका सबै ग्राहकहरूले भक्तपुरमा पनि सेवा लिन सक्नेछन् । यस सर्भिस सेन्टरमा एक्सप्रेस–टीका लागि अत्याधुनिक उपकरणसहितको सर्भिस सुविधा उपलब्ध गराइएको छ। साथै, फास्ट चार्जिङ स्टेशनको समेत व्यवस्था गरिएको छ, जसले चालक तथा सञ्चालकहरूलाई थप सहजता प्रदान गर्नेछ।

सिप्रदी ट्रेडिङका अनुसार, हाल बालकुमारी, गोंगबु भक्तपुरमा ‘एक्सप्रेस–टी’ का लागि डेडिकेटेड सर्भिस सेन्टर सञ्चालनमा छन्। त्यस्तै, बालकुमारी, एकान्तकुना, टिकाथली, बनस्थली, सानेपा, गुह्येश्वरी, भक्तपुर, गोंगबु, कपन, खाडीचौर दुधौली क्षेत्रमा फास्ट चार्जिङ स्टेशनहरू पनि सञ्चालनमा छन्, जसले विद्युतीय ट्याक्सी सञ्चालनलाई अझ सुलभ र प्रभावकारी बनाएको छ।

कम्पनीले ग्राहकलाई नजिकबाट गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले देशभर सेवा सञ्जाल विस्तार गर्ने योजनाअन्तर्गत भक्तपुर सर्भिस सेन्टर थप गरिएको जनाएको छ। कम्पनीका अनुसार, यो सर्भिस सेन्टरमार्फत सर्भिसिङ र चार्जिङ दुबै सुविधा एकै स्थानमा उपलब्ध हुने भएकाले ग्राहकले समय, ऊर्जा र खर्चमा समेत बचत गर्न सक्नेछन्।

‘एक्सप्रेस–टी’ विद्युतीय ट्याक्सी आधुनिक प्रविधि, आकर्षक डिजाइन र सुरक्षित संरचनाका कारण बजारमा अत्यधिक लोकप्रिय बनेको छ। प्रशस्त आन्तरिक ठाउँ, ठूलो बुट स्पेस, बलियो निर्माण र कम सञ्चालन लागतका कारण यात्रु तथा सञ्चालक दुवैबीच यसको माग लगातार बढ्दो छ। यस ट्याक्सीमा एक वर्षको निःशुल्क बीमा, तीन वर्षसम्मको निःशुल्क सर्भिसिङ, र ब्याट्री तथा मोटरमा १ लाख ६० हजार किलोमिटरसम्मको वारन्टीको सुविधा प्रदान गरिएको छ।

भक्तपुरमा नयाँ सर्भिस सेन्टर सञ्चालनसँगै टाटा मोटर्स नेपालले आफ्नो ग्राहक सेवा सञ्जाललाई थप सुदृढ बनाएको छ। कम्पनीले विद्युतीय गतिशीलताको दिगो यात्रामा ग्राहकलाई सहज, भरपर्दो र निरन्तर सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

 




भर्खरै