२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लवका दाजु ललितपुरबाट पक्राउ



अ+ अ-


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का दाइ जयेन्द्र चन्दलाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । उनका दाई जउन्द्रसँगै सो पार्टीका अरु पाँच जना जना कार्यकर्तालाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । ललितपुर प्रहरीले सो समाचारको पुष्टि गरेको छ ।


गएराति ८ बजेतिर महानगरीय प्रहरी परिसर जावलाखेलबाट खटिएको विषेश टोलीले उनीहरुलाई पक्राउ गरेको हो । ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले विप्लवका दाइसहित छ जनालाई पक्राउ गरेको पुष्टि गरेका हुन् । प्रहरीले उनीहरूसँग हातहतियार भने नरहेको जनाएको छ ।
पक्राउ परेका चन्द विप्लव समूहको नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्ष हुन् । त्यस्तै पक्राउ पर्नेहरूमा विनोद चन्द, प्रेम कृष्ण, कमल सुनार, अनिल मगर र कृष्ण मगर छन् । उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।