२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले कोरोनाको सूचना लुकाउँदैन – स्वास्थ्यमन्त्री ढकाल



अ+ अ-

काठमाडौँ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारले कोरोनाभाइरस बारेको सूचना नागरिकलाई नलुकाउने बताएका छन् । उनले भने– यो समाचार सरकारले लुकाउदैन, बरु नियमित रुपमा अपडेट नै गराउँछ ।

सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजना गरेको आकस्मिक पत्रकार सम्मेलनमा मन्त्री ढकालले सो जानकारी दिएका हुन् । उनले कोरोनाभाइरसको संक्रमण वा यससम्बन्धी सूचनाहरु नलुकाइ पारदर्शी ढङ्गले जनतासामु ल्याउने बताए ।

सरकारले सोमबारदेखि भारत र चीनका दुबै सिमानाका बन्द गराएको उनले बताए । कोरोनाको संक्रमणबाट बच्न र त्यसको तयारी गर्न ५० करोड रुपैयाँ सरकारले छुट्याएको पनि उनले जानकारी दिए ।

सीमानाका बन्द गर्दा अत्यावश्यक सामग्रीहरुको पनि अभाव हुन सक्नेतर्फ संकेत गर्दै स्वास्थ्यमन्त्री ढकालले कुनै सामान अपुग भएमा प्लेनबाटै सामान आयात गर्नेगरी प्लेनसमेत स्ट्याण्डबाई राखिएको बताए ।

अहिले समय अलि प्रतिकूल भएको कारण सूचना प्रवाहमा सरलता नहुन पनि सक्ने उनको भनाई थियो । उनले भने– सरकारले सूचना लुकाउने कुरै हुदैन । कोरोना भाइरसले कसैलाई आक्रमण गरेमा वा पोजिटिभ देखिएमा पारदर्शी भएरै सूचना बाहिर ल्याउने उनले बताए । उनले भने ‘पोजिटिभ देखिएमा सूचना लुकाउने कुरा नै आउँदैन, राज्यले सूचना लुकाउँदैन । यो पारदर्शी ढङ्गले बाहिर आउँछ ।’