२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कप्तान रोहितको शतकमा नेपालले युएईलाई दियो २३४ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२मा कप्तान रोहित पौडेलको शतकमा नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको छ ।

दुबईस्थित आईसीसी एकेडेमीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० अ‍ेभरमा सबै विकेट गुमाएर २३३ रन बनायो ।

नेपालको लागि कप्तान पौडेलले शानदार ईनिङ खेले । उनले १३० बलमा पाँच चौका र एक छक्का प्रहार गर्दै १०९ रन बनए ।

यस्तै, ओपनर आसिफ शेखले ४८ बलमा ३५ रन, आरीफ शेखले ४२ बलमा २७ र दिपेन्द्र सिंह ऐरीले २८ बलमा २३ रन जोडे । त्यसैगरी करण केसीले ८ बलमा १३ रन बनाउँदा कुशल भुर्तेलले १२ बलमा ७ रन र भिम सार्कीले १३ बलमा ३ रन बनाएर आउट भए ।

बलिङमा युएईका जाहिद अलीले सर्वाधिक ४ विकेट लिए । जुनैद सिद्दिकीले ३ विकेट लिए ।

शृंखलामा आज नेपाल पहिलो जितको खोजीमा छ । यसअघि नेपाल पहिलो खेलमा अमेरिकाविरुद्ध १०६ रनले पराजित भएको थियो ।

 




भर्खरै