१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा उपसभापतिमा सोविता विजयी मुख्यमन्त्रीलाई हात्तीबाट पीडितले बुझाए ज्ञापन पत्र कार्यसम्पादन मूल्याङ्कनमा मनाङ पहिलो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग स्थानीयको भावनाअनुरुप विभिन्न विषय र सङ्काय थप गर्छाैः मन्त्री पोखरेल राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन रास्वपा पदाधिकारी निर्वाचनमा कम मत, १ हजार २८९ प्रतिनिधिले मात्रै गरे मतदान शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएइमा संक्रमित दुई नेपालीलाई निको भयो कोरोना



अ+ अ-

काठमाडौँ — यूएईको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित २ जना नेपाली नागरिक निको भएको जनाएको छ ।

आबुधाबी स्वास्थ्य विभागकी सरुवा रोग नियन्त्रणसम्बन्धी महाशाखाकी प्रमुख रहेकी डाक्टर फरिदा अल होसेनीले सोमबार आयोजित पत्रकार सम्मेलनमा २ जना नेपाली नागरिकसहित ३ जना व्यक्ति निको भएकी जनाएको स्थानीय सञ्‍चारमाध्यम द नेसनलले जनाएको छ। निको हुने अर्को एक जना भने इरानी नागरिक रहेको डाक्टर फरिदाले जानकारी दिएकी छिन्। योसहित यूएईमा कोभिड–१९ बाट संक्रमित भएका ४१ जनाले स्वास्थ्यलाभ गरेका छन्।

साथै कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि यूएई सरकार दृढताका साथ लागेको र संक्रमितहरुको मुलुकमा रहेका विभिन्न अस्पतालमा उपचार भइरहेको पनि डाक्टर फरिदाले जानकारी दिइन्।