२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा मृत्यु हुने युवा मिर्गाैलाका गम्भीर विरामी थिए– अस्पताल



अ+ अ-

चितवन । भरतपुरको कोरोना अस्पतालमा आज निधन भएका युवा मिर्गौला विरामी भएको अस्पतालले जनाएको छ । उपचारको क्रममा मंगलबार बिहान ७ बजे विरगञ्जका ३० वर्षीय सन्तोष यादवको मृत्यु भएको थियो । कोरोना अस्पतालमा आइसोलेसनमा राखिएका उनको मंगलबार मृत्यु भएको थियो ।

उनको स्वाब परीक्षण गरिएको छ तर रिपोर्ट आएको छैन । त्यसैले मृत्युको कारण खुल्न नसकेको भनिए पनि उनी मिर्गाैलाका गम्भीर विरामी रहेको खुलेको हो । उनी चैत्र ९ गते साँझ कोरोना अस्पताल भर्ना भएका थिए । यादवलाई चितवन मेडिकल कलेजले रिफर गरेर कोरोना अस्पताल पठाएको थियो ।

यादव किड्नीका रोगी थिए । किड्नीमा लाग्ने रोग लुपस भएका उनलाई ज्वरो र निमोनिया देखिएपछि कोरोना अस्पताल रिफर गरिएको थियो । उनको स्वाप थ्रो परिक्षण मंगलबार काठमाठौ भइरहेको छ । रिपोर्ट आएपछि मात्रै मृत्युको कारण पहिचाना हुने कोरोना अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले बताए । ‘किड्नीमा लाग्ने लुपस देखिएको छ’ डा.अधिकारीले भने ‘कोरोना हो कि होइन भन्ने अहिले नै थाहा छैन तर कोरोना हुने सम्भावना पनि त्यति बलियो छैन ।

पहिल्यैदेखि किड्नी विरामी उनी उच्च ज्वरो र रुघाखोकीले ग्रसित भएपछि रक्त अल्पताको आशंका पनि गरिएको छ । मिर्गौलाले काम गर्न छोडेपछि मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनी २ वर्षदेखि मिर्गौला रोगले ग्रसित थिए । उनलाई कोरोनाको आशंकामा आइसोलेसनमा राखिएको मात्र हो तर ज्वरो बाहेक अरु कुनै लक्षण पनि थिएन ।
कोरोना अस्पतालको जनरल वार्डमा राखिएका उनलाई स्वास्थ्यमा थप समस्या भएपछि विहान मात्रै आईसियुमा सारेको थियो ।