२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमामा अलपत्र परेका नेपालीलाई आउन दिने, १४ दिन अनिवार्य क्‍वारेन्टाइनमा बस्‍नुपर्ने



अ+ अ-

काठमाडौँ । सरकारले सीमा नाकामा अलपत्र नेपालीहरुलाई एक दिनका लागि नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ । लकडाउनका कारण सीमामा अलपत्र परेकाहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा नेपाल आउन दिने निर्णय गरेको हो ।

मंगलबार कोभिड(१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बसेको बैठकले सीमा नाकामा जम्मा भएका नेपालीहरुलाई मंगलबारसम्म नेपाल प्रवेश गर्न अनुमति दिएको हो। बुधबारदेखि भने कसैलाई पनि प्रवेश नदिइन सरकारले बताएको छ।

सरकारले मंगलवार यसरी नेपाल प्रवेश गरेका उनीहरुले १४ दिनसम्म अनिवार्य क्‍वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको छ। उनीहरुलाई क्‍वारेन्टाइनमा बस्‍ने व्यवस्था मिलाउन प्रदेश र स्थानीय सरकारलाई मिलाउन समितिले निर्देशन दिएको छ।