२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनले कोरोनालाई ‘जैवीक हतियार’ बनाएको भन्दै अमेरिकी वकिलले दायर गरे मुद्दा



अ+ अ-

वासिङ्टन । कोरोना भाइरस सिर्जना गरेको र फैलाएको भन्दै अमेरिकी वकिल ल्यारी क्लाम्यानले चीनविरुद्ध २० ट्रिलियन अमेरिकी डलरको मुद्दा दायर गरेका छन् । ल्यारीले ‘फ्रिडम वाच’ र ‘बज फ्रिडम’ले अमेरिकी टेक्ससस्थित जिल्ला अदालतमा यस्तो मुद्दा दर्ता गरेका हुन् ।

कोरोना भाइरसलाई चीनले ‘युद्धका लागि जैवीक हतियारको रुपमा डिजाइन गरेको’ कानुन व्यवसायी ल्यारीको आरोप छ । यसरी चीनले अमेरिकी कानुन, अन्तर्राष्ट्रिय कानुन, सन्धि तथा सम्झौताको उल्लंघन गरेको उनको दावी छ ।

पहिलो पटक चीनको वुहानमा भेटिएको कोरोना भाइरस अहिले १ सय ८९ देशमा फैलिसकेको छ । कोरोना भाइरसबाट ३ लाख ३४ हजार संक्रमित रहेका छन् भने १४ हजार ५ सयको ज्यान गइसकेको छ । वकिल ल्यारीले आफ्नो मुद्दामा चीनले आम जनताको हत्या गर्न प्रभावकारी र विनाशकारी जैवीक हतियार बनाएको उल्लेख छ ।