२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कन्टेनरमा लुकेर वीरगञ्ज पुगेका दर्जनौ पक्राउ



अ+ अ-

वीरगञ्ज । काठमाडौंबाट सामान बोक्ने कन्टेनरमा लुकेर वीरगञ्ज पुगेका ५२ जना पक्राउ परेका छन् । प्रहीले मंगलबार मध्यराति वीरगञ्जको घण्टाघरबाट उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

लकडाउन उल्लंघन गर्दै काठमाडौंबाट सामान छाडेर वीरगञ्ज फर्किँदै गरेको ना ५ ख ९५५२ नम्बरको कन्टेनरमा वीरगञ्ज आइपुगेका हुन्। उनिहरु काठमाडौंबाट चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगञ्ज आइपुगेका थिए ।

उनीहरुले कन्टेनर चालकलाई २–२ सय रुपैयाँ भाडा दिएको बताएका छन् । बुधबार बिहान १० बजेसम्म उनीहरुलाई प्रहरीले छाडेको छैन ।