१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी

भक्तपुरमा भव्य रूपमा मनाइयो छठ

भक्तपुरमा भव्य रूपमा मनाइयो छठ
अ अ+ अ-

भक्तपुर । सामाजिक सद्भाव एवं एकताको पर्वका रूपमा यस वर्ष पनि भक्तपुरदेखि ललितपुरसम्मको स्थानीयले भक्तपुरको पोखरी तथा खोलामा सोमबार साँझ छठ पर्व भव्य रूपमा मनाएका छन् । भक्तपुरको कमलपोखरीमा छठ मनाउन यस वर्ष भक्तजनको बाक्लो उपस्थिति देखिएको छ ।

छठ पर्वका अवसरमा भक्तपुरका पोखरी र खोला सिँगारिएका छन् । तराई–मधेसबाट आएर भक्तपुरमा विभिन्न पेसा, व्यवसाय गर्दै स्थानीय तथा अस्थायी रूपमा बस्दै आएकाले भक्तपुरको कमलविनायकस्थित कमलपोखरीमा भव्य रूपमा छठ मनाएका हुन् ।

भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरीमा २०० भन्दाबढी परिवारले छठ पर्व मनाएका छन् । यसका लागि पोखरी सिँगारेर झकिझकाउ बनाइएको छ भने पोखरीमा लगाइएको बत्तीहरूले झिलीमिली बनाएको छ ।

छठीदेवीको मूर्ति ल्याएर राखिएको भन्दै उक्त मूर्तिमा पूजा गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ छठ मनाएको छठ पर्व तयारी समिति भक्तपुरका व्यवस्थापक लक्ष्मण रौनियारले जानकारी दिनुभयो । छठ पर्वका लागि यहाँका स्थानीय बासिन्दाले सघाएर सामाजिक सद्भव व्यक्त गरेका उहाँले बताउनुभयो ।

भक्तपुर र ललितपुरको सिमानामा रहेको गोदावरी खोलामा पनि सोमबार साँझ छठ मनाउन बाक्लो भीड लागेको जनकपुर घर बालकोट बस्दै आएका दशरथ ठाकुरले बताउनुभयो । उहाँले गोदावरी खोला सिँगारिएर झकिझकाउ बनाएको र यहाँ भक्तपुरको बालकोट, सिरुटार र ललितपुरको टीकाली, चाँगाथलीदेखि सातदोबाटो क्षेत्रमा बस्दै आएका २०० भन्दाबढी परिवारले यही खोलामा छठ मनाएका जानकारी दिनुभयो । उहाँका अनुसार गोदावरी खोलालाई सिँगारेर झकिझकाउ बनाइएको छ ।

छठ पर्वका अवसरमा सोमबार साँझ अस्ताउँदो सूर्य र आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रूपमा समापन गरिने अध्यक्ष रौनियारले जानकारी दिनुभयो । तराईका बासिन्दाले यो पर्व मनाउने भए पनि पछिल्लो समय पहाडका साथै काठमाडौँ उपत्यकामा पनि यो पर्व मनाउनेको सङ्ख्या बढ्दै गएको उहाँले उल्लेख गर्नुभयो ।

रौनियारले भन्नुभयो, “तराई–मधेसबाट बसाइँ सरेर आउनुभएका, विभिन्न पेसा, व्यवसायले भक्तपुरमै बस्दै आउनुभएका जडीबुटीदेखि भक्तपुरसम्मका २०० भन्दाबढी परिवारका लागि छठ मनाएका छौँ । पोखरी झकिझकाउ भएका छन् । स्थानीयले सहयोग गर्नुभएको छ ।”

आराध्यदेव सूर्य र ब्रह्माजीका मानसपुत्री छठी (षष्ठी) को उपासना गरी जलाशय, नदी किनारमा व्रत बसी धुमधामले छठ पर्व मनाइएको छ । छठको मुख्य दिन सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बसी आज बिहानको उदाउँदो सूर्यको उपासना गरी अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । रासस