१२ असार २०८३, शुक्रबार
,
Latest
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ? मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न बलियो कानूनी संरचना आवश्यकः सभापति थापा दश वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ शुक्लाफाँटामा स्वास्थ्य सेवाको पहुँच विस्तार रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित रास्वपा उपसभापतिमा सोविता विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजकुमार चार्ल्सलाई कोरोना संक्रमण



अ+ अ-

लन्डन । वेल्सका राजकुमार चार्ल्सलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । ७१ वर्षीय राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमणको पुष्टि क्लारेन्स हाउस (शाही निवास) ले गरेको बीबीसीले उल्लेख गरेको छ ।

क्लारेन्स हाउसका अनुसार अहिले राजकुमार चार्ल्स र राजकुमार क्यामिला बालमोरलमा सेल्फ आइसोलेसनमा रहेका छन्। उनीहरु केही सातादेखि स्कटल्यान्डको बालमोरलबाट आफ्नो जिम्मेवारी सम्हाल्दै आएका थिए।

राजकुमार चार्ल्समा कसको सम्पर्कमा आएका कारण कोरोना भाइरसको संक्रमण भयो भन्नेबारे भने केही खुलेको छैन। राजकुमार चार्ल्समा कोरोना संक्रमण देखिए पनि स्वास्थ्य अवस्था भने राम्रो रहेको बेलायती अधिकारीहरुले जानकारी दिएका छन्। राजकुमार चार्ल्ससँगै पत्‍नी क्यामिलाको पनि स्वास्थ्य परीक्षण गरिदा उनलाई भने कोरोना संक्रमण देखिएको छैन ।

बेलायतमा बुधबार दिउँसोसम्म ८ हजार ७७ जनामा कोरोना संक्रमण देखिएको छ भने ४२२ जनाको मृत्यु भएको छ।