१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ? मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न बलियो कानूनी संरचना आवश्यकः सभापति थापा दश वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ शुक्लाफाँटामा स्वास्थ्य सेवाको पहुँच विस्तार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री जिया रिहा, विदेश जान नपाउने



अ+ अ-

ढाका । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री तथा विपक्षी दलकी नेत्री खालिदा जियालाई बुधवार रिहा गरिएको छ । सरकारले उहाँलाई घरमै बस्ने र देशवाट बाहिरिन नपाउने शर्तमा छ महिनाका लागि जेलमुक्त गरेको बताएको छ ।

नेतृ जिया विगत दुई बर्षदेखि कारागारमा रहनुभएको थियो । उहाँलाई बङ्गाबन्धु शेख मुजिब चिकित्सा विश्वविद्यालयको कैदी कक्षमा राखिएको थियो । उहाँका परिवार, शुभेच्छुक र पार्टीका वरिष्ठ नेतासहितका हजारौँले उहाँलाई जेलबाट रिहा हुँदै गर्दा स्वागत गरेका थिए ।

कोरोनाभाइरसका कारण धेरै मानिस जम्मा हुन सरकारले लगाएको निषेधका बावजुत पनि उनीहरू जियालाई स्वागत गर्न पुगेका थिए ।

ह्विलचियरमा थुनावाट बाहिर निस्कँदा नेतृ जियाले मुखमा मास्क लगाउनुभएको थियो । कानुनमन्त्री अनिशुल हकले मानवियताका कारण उहाँलाई जेलमुत्त गर्ने तयारी भएको मंगलवार बताउनुभएको थियो । नेतृ जियाले घरमै बसेर उपचार गर्ने विश्वास लिइएको पनि उहाँले बताउनुभयो ।

लामो समयदेखि विभिन्न रोगवाट ग्रसित ७४ वर्षीय जियालाई जेलमुत्त गर्न सरकारमाथि दवाब पर्दै आएको थियो । पूर्व प्रधानमन्त्री जियालाई भष्ट्राचारको आरोपमा अदालतले १७ बर्ष जेल सजायको फैसला गरेको छ । उहाँ र उहाँका समर्थकहरूले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको दाबी गर्दै आएका छन् ।

वर्तमान प्रधानमन्त्री शेख हसिना र जियाका बिचमा लामो समयदेखि राजनीतिक तथा व्यक्तिगत टकराव चल्दै आएको छ । जियाका समर्थकहरूले कारागारमा जियाका लागि सरकारले राम्रो व्यबस्था नगरेकाले उहाँको स्वास्थ्य अवस्था बिग्रिएको आरोप लगाएका छन् । बङ्गलादेशको एक उच्च अदालतले उपचारका लागि जेलमुत्त गर्न जियाले गरेको अपिललाई गत फेबुअरीमा अस्वीकृत गरेको थियो ।

सन् २०१८ को फेबुअरीमा राज्यशक्ति र स्रोतको दुरुपयोग गरेको ठहर गर्दै अदालतले उहाँलाई जेल सजायको फैसला गरेको थियो ।