१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणपतिलालले मन्त्री बन्न अस्वीकार गरेको हो कि नबनाइएको हो ?



अ+ अ-

काठमाडौं । सम्पदा संरक्षणको क्षेत्रमा काम गर्दै आएका गणपतिलाल श्रेष्ठले मन्त्री बन्न अस्वीकार गरेको हो कि नबनाइएको हो भन्ने चर्चा चलिरहेको छ । तर स्वयम् श्रेष्ठले भने प्रधानमन्त्री सुशीला कार्कीले पर्यटनमन्त्री बनाउन दिएको वचन फेरेपछि आफू मन्त्री बन्न अनिच्छुक रहेको स्पष्टोक्ति दिएका छन् ।

श्रेष्ठले हिजो साँझ विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले ८ गते शनिबार बालुवाटारमा बोलाएर पर्यटनमन्त्री बनिदिन आग्रह गरेको तर भोलिपल्ट अर्कैलाई वचन दिइसकेको बताएपछि आफू मन्त्री बन्न अस्वीकार गरेको बताएका हुन् ।

‘हिजो शनिबार प्रधानमन्त्री ज्यूले बालुवाटार बोलाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका लागि सक्षम व्यक्ति भएकाले भोलि शपथको तयारी गर्नुस् भन्नुभयो,’ उनले भनेका छन्, ‘तर भोलिपल्ट विहान एकाएक आफूट भूमिसुधार मन्त्रीमा नियुक्त हुन लागेको खबर पाउँदा प्रधानमन्त्रीसँग प्रश्न सोध्दा अर्कैलाई वचन दिइसकेको जवाफ दिनुभयो । मेरो प्रश्नको खास जवाफ नआएपछि आफू अरू भूमिमन्त्री बन्न अनिच्छुक रहेको पुन: प्रष्ट परेक थिएँ ।’

उनले आफू निजी हितका लागि मन्त्री बन्न नगएको भन्दै जुन मन्त्रालय दिए बसीहाल्नेखालको व्यक्ति नभएको बताएका छन् । ‘हिजो अभियानहरू निजी हितका लागि गरेको होइन भने आज मन्त्री बन्न पनि निजी हितका लागि गएको होइन । नैतिकता र स्वाभिमान नै मेरो लागि मन्त्रीपदभन्दा महत्वपूर्ण लागेको छ,’ उनले भनेका छन् ।

उनले जारी गरेको विज्ञप्ति हेर्नुहोस्-