१२ असार २०८३, शुक्रबार
,
Latest
अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ? मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न बलियो कानूनी संरचना आवश्यकः सभापति थापा दश वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले कोरोना भाइरसको नाम ‘वुहान भाइरस’ राख्न माग गरेपछि…



अ+ अ-

काठमाडौं । अमेरिकाले विश्वभर फैलिएको कोरोना भाइरसलाई ‘वुहान भाइरस’ भन्नुपर्ने अडान राखेपछि विश्वका सात ठूला राष्ट्रको संगठन जी ७ बैठकमा विवाद भएको छ।

अमेरिकाले सात राष्ट्रका विदेशमन्त्री संलग्न बैठकपछि जारी गरिने संयुक्त वक्तव्यमा कोरोनाको सट्टामा ‘वुहान भाइरस’ लेख्नुपर्ने अडान थियो। तर, अन्य देशहरुले यसरी एक देशलाई केन्द्रित गरेर लेख्न नसकिने भनेपछि संयुक्त वक्तव्य नै जारी हुन सकेन।

‘वुहान भाइरस’ भन्ने शब्द लेख्नुपर्ने अमेरिकी दबाबलाई अरु देशले अस्वीकार गरेपछि समूहमा विभाजन आउनुका साथै वक्तव्य नै अलग्गै आएको छ। अमेरिकी विदेश विभागको सुझाव रातो रेखा भएको र यसरी भाइरसको ब्राण्डिङ गरेर सूचना प्रवाह गरिने विषयसँग सहमत हुन नसकिने एक यूरापेली कूटनीतिज्ञले बताएको सिएनएनले उल्लेख गरेको छ।

अमेरिकी मस्यौदामा महामारी फैलिनुमा चीनमाथि समेत दोष लगाइएको ती कूटनीतिज्ञले बताएको सीएनएनको समाचारमा छ। विश्व स्वास्थ्य संगठनले औपचारिक रुपमा कोभिडी १९ भनेर घोषणा गरेका कारण आफूहरु अमेरिकी अडानमा सहमत नभएको अन्य ६ राष्ट्रको भनाइ छ।

जी ७ मा अमेरिका बाहेक बेलायत, फ्रान्स, जर्मनी, इटाली, जापान र क्यानडा संलग्न छन्।