२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउन ठीक हो, तर सरकारले ज्यालादारीलाई राहत दिनुपर्छ : सभापति देउवा



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका बेला दैनिक ज्यालादारी र न्यून आय भएकाहरूको दैनिक गुजारा चलाउने प्रबन्ध भने सरकारले गरिदिनुपर्ने बताएका छन् । बिहीबार देउवाले कोरोना संक्रमणबाट बच्न लकडाउन उत्तम विकल्प हुँदाहुँदै भोकभरीको सिकार बन्न नपरोस् भनेका छन्।

उनले मजदूरका लागि राहत प्याकेज ल्याउन पनि माग गरेका छन्।

‘कोरोनाबाट सुरक्षित हुँदाहुँदै कुनै समूह भोकमरीको सिकार बन्न नपरोस्। म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएकालाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु,’ देउवाले भनेका छन्।