१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ? मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न बलियो कानूनी संरचना आवश्यकः सभापति थापा दश वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ शुक्लाफाँटामा स्वास्थ्य सेवाको पहुँच विस्तार
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेस्रो संक्रमितसँगै विमानमा १६९ यात्रु आएको खुलासा



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको संक्रमण देखिएका तेस्रो व्यक्ति सवार एयर अरेबियाको विमानमा १६९ यात्रु रहेको पाइएको छ । चैत ६ गते एयर अरेबियाको उडान नम्बर जी-९५३७ विमानमा आएका धादिङका ३२ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएसंगै प्रहरीले उनि सवार विमानमा आएका तथा काठमाडौंको होटलमा बसेकाहरुको पहिचान गर्न थालिएको छ । स्रोतकाअनुसार एयर अरेबियाको उडान नम्बर जी-९५३७ मा उनीसहित १७० जना यात्रु थिए ।

अध्यागमन विभागले उनीहरुको सूची तयार पारेर प्रहरीलाई पठाएको छ । अब प्रहरीले उनीहरुसँग सम्पर्क स्थापित गरेर होम क्वारेन्टाइनमा बस्न र परीक्षण गराउन भन्ने छ ।