१२ असार २०८३, शुक्रबार
,
Latest
नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ? मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न बलियो कानूनी संरचना आवश्यकः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

९६ वर्षकी कोरियाली हजुर आमा जसले जितिन् कोरोनालाई



अ+ अ-

काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरससंग एक जना ९६ वर्षीया हजुरआमाले लडाइँ जितेकी छन्। कोरियामा कोरोनाको उदगम थलो रहेको थेगु सहर नजिकै रहेको छेङ्दो काउन्टीकी ती महिलाले बुधबार कोरोना भाइरसबाट पूर्ण मुक्ति पाएकी हुन्।

उनलाई १३ मार्चमा कोरोनाको उपचारका लागि अस्पताल भर्ना गरी आइसियूमा राखेर उपचार गरिएको थियो। कोरोना भाइरसलाई जित्ने उनी दक्षिण कोरियाकै जेष्ठ नागरिक हुन्।

अहिले उनी आफ्नै घरमा सेल्फ क्वारेन्टिनमा बसेकी छन्। उनी छोरासँग बस्दै आएकी छन्।

दक्षिण कोरियाले कोरोना भाइरसविरूद्ध अपनाएको रणनीतिलाई संसारकै उत्कृष्ट मानिएको छ। शंकास्पद सबैको परीक्षण गरेर कोरियाले संक्रमणलाई चाँडै नियन्त्रणमा ल्याएको छ।

बिहीबारसम्म त्यहाँ ९ हजार ५ सय २९ जनामा कोरोनाको संक्रमण भएको छ। तीमध्ये ४ हजार १ सय ४१ जना निको भएर घर फर्किएका छन् भने १ सय ३१ जनाको मृत्यु भएको छ।