१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको आदेशः सरकारलाई ११ देशका राजदूत फिर्ता गर्नुको कारण पेश गर्न निर्देशन



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले सरकारले हालै फिर्ता बोलाएका विभिन्न ११ देशका नेपाली राजदूतहरू सम्बन्धी निर्णयको कारण पेश गर्न आदेश दिएको छ ।

न्यायाधीश विनोद शर्माको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा आदेश जारी गर्दै सरकारलाई अदालतमा उपस्थित भई राजदूत फिर्ता निर्णयको कारण देखाउन निर्देशन दिएको हो ।

अदालतले अन्तरिम आदेशबारे सुनुवाइका लागि आगामी कात्तिक १४ गतेका लागि मिति तोकेको छ ।

सरकारको उक्त निर्णयविरुद्ध पत्रकार सुनिल भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा मन्त्रिपरिषद्ले असोज ३० गते गरेको राजदूत फिर्ता निर्णय संविधान र कानुन विपरीत भएको दाबी गर्दै उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गरिएको थियो ।

रिटमाथि आज प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश शर्माले सरकारलाई कारण देखाउ आदेश जारी गरेका हुन् ।

मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठकले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य ९बेलायत०, संयुक्त राज्य अमेरिका र जापानमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

फिर्ता बोलाइएका राजदूतहरूमा चीनका प्रा।डा। कृष्णप्रसाद ओली, जर्मनीका डा. शैल रुपाखेती, इजरायलका प्रा। धनप्रसाद पण्डित, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द्र पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशविक्रम ढकाल, स्पेनका सनिल नेपाल, बेलायतका चन्द्रकुमार घिमिरे, अमेरिकाका लोकदर्शन रेग्मी र जापानका डा। दुर्गाबहादुर सुवेदी छन् ।