२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट अर्का नेपालीको मृत्यु, मृतकको संख्या दुई पुग्यो



अ+ अ-

लन्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट फेरी एक नेपालीको मृत्यु भएको छ । गत सोमबार लन्डनमा निधन भएका ४० वर्षीय एक पुरुषलाई कोरोना पोजिटिभ देखिएको हो ।

बुधबार अस्पतालले मृतकका परिवारलाई टेलिफोनमार्फत उनमा संक्रमण पाइएको पुष्टि गरेको आफन्तले बताएका छन् । लामो समयदेखि लन्डन बस्दै आएका मृतकलाई उच्च रक्तचापको गम्भीर स्वास्थ्य समस्या देखिएको केही दिनदेखि ज्वरो र खोकी लगायतका लक्षण देखा परेर उनको स्वास्थ्यावस्था बिग्रिएपछि शनिबार बिहान अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा सोमबार बिहान ती व्यक्तिको निधन भएको थियो ।

मृतकको परिवार आफ्नै घरमा आइसोलेसनमा बसेको छ भने उनीहरुलाई अहिलेसम्म कुनै स्वास्थ्य समस्या देखिएको छैन । संक्रमण फैलिने जोखिमका कारण उपचारको बेला र मृत्युपछि समेत परिवारले भेट्न पाएको छैन ।

गत साता लन्डनमै कोरोना संक्रमणबाट ६६ वर्षका भूपूगोर्खाको निधन भएको थियो । बेलायतमा बिहीबारसम्म कोभिड १९ बाट ४६५ जनाको निधन भइसकेको छ ।