१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु नेपाली समाजमा भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्ति छः खिलराज रेग्मी रास्वपा पदाधिकारीमा को को भए निर्वाचित ? कसलाई कति मत ? मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न बलियो कानूनी संरचना आवश्यकः सभापति थापा दश वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ शुक्लाफाँटामा स्वास्थ्य सेवाको पहुँच विस्तार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद आचार्यले आफ्नै घरमा निर्माण गरे २१ शैयाको क्वारेन्टाइन



अ+ अ-

रसुवा । प्रतिनिधिसभामा रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यले आफनो घरमा २१ शैयाको क्वारेन्टाइन निर्माण गरेका छन् । बिश्वब्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि सांसद आचार्यले आफनै घरमा २१ शैयाको क्वारेन्टाइन निर्माण गरेका हुन् ।

यसअघि बेत्रावती स्थित सहकारी भवनमा २० शैयाको क्वारेनटाइन निर्माण गरिने भनिएपनि त्यहाँ उपयुक्त नभएपछि सांसद आचार्यले आफनो घरमा क्वारेन्टाइन बनाउन दिएका हुन् ।

सांसद आचार्यको घरको चार वटा कोठामा सुबिधा सम्पन्न २१ शैयाको क्वारेनटाइन निर्माण भएको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए । कोठाभित्र ट्वाइलेट, बाथरुम, धारा सबै सुबिधासम्पन्न छ, उनले भने क्वारेन्टाइन निर्माणका लागि चाहिने पूर्वाधारहरु पनि भएको हुदाँ माननिय ज्युले खुशीसाथ उपलब्ध गराउनु भएको छ ।

सांसद आचार्यले बिश्व नै कोरोना भाइरससँग लडिरहेका बेला शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि आफनै घरमा क्वारेनटाइन निर्माण गरि विपदको घडिमा गरेको सहयोग प्रशंसनिय रहेको लम्सालले बताए ।