काठमाडौं । मन्त्री नियुक्तिको लागि तयार पारिएका गणपतिलाल श्रेष्ठको पनि शपथ नहुने भएको छ ।
विवादमा मुछिएपछि भूमि सुधार मन्त्रीमा सिफारिस श्रेष्ठको शपथ रोकिएको हो ।
यसअघि श्रम मन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनारको पनि शपथ रोकिएको थियो ।
राष्ट्रपतिसमक्ष सिफारिस गरिएको बब्लु गुप्ता र सुधा शर्मा गौतमको भने शपथ हुने भएको छ । सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ ।










