२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राति नेपाली आकासमा देखिएको चम्किलो वस्तु उल्का हुनसक्छ – नासो



अ+ अ-


काठमाडौं । नेपाली आकासमा गएराति एक अति चम्किलो बस्तु देखिएको थियो । विशेषगरी पश्चिम नेपालका नागरिकले आकासमा यस्तो उज्यालो के देखियो भनेर फेसबुकमा निकै चासो व्यक्त गरेका थिए ।

कोरोनाको त्रासल घरमा लकडाउनको अवस्थामा बसेका नागरिक एक्कासी आकासमा चम्किलो वस्तु देखेपछि डराएर यस्तो वस्तु के हो भनी बडो उत्सुकताका साथ व्यक्त गरेका थिए ।

त्यो चम्किलो वस्तु उल्का पिण्ड हुन सक्ने नेपाल एष्ट्रोनोमिकल सोसाईटि (नासो) ले जनाएको छ ।
बिहीबार अबेर नासोले विज्ञप्ति जारी गरी गण्डकी प्रदेशमा खसेको हुन सक्ने भएकाले आफ्नो वरपर केही खसेको जानकारी भए जानकारी गराउन समेत आग्रह गरेको छ ।

नासोले विज्ञप्तिमा भनेको सबै भन्दा ठूलो आवाज सुनेको ठाउँतिर खसेको हुनाले जानकारी गराएर अनुसन्धानमा सहयोग गर्न अनुरोध गर्दछौ ।

विहीबार साँझ सामाजिक सञ्जालमार्फत आकासबाट आगोसँगै केहि खसेको र आवाज आएकोबारे चर्चा भएको थियो । उक्त चर्चालाई थप आधार दिँदै नासोले विज्ञप्ति जारी गरेको हो ।