३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

निर्वाचन भयरहित ढंगले हुने वातावरण बनाउने प्रधानमन्त्री कार्कीको प्रतिबद्धता

निर्वाचन भयरहित ढंगले हुने वातावरण बनाउने प्रधानमन्त्री कार्कीको प्रतिबद्धता
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न आगामी फागुन २१ गते हुने निर्वाचनमा भयरहित ढंगले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल संवत् ११४६ न्हूदँ समारोह समितिले आज पाटनको मंगलबजारमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले चुनावको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । उहाँले देशलाई लोकतान्त्रिक मार्गमा अघि बढाउन निर्वाचनको विकल्प नभएको पनि बताउनुभयो ।

उहाँले जेनजी आन्दोलनको बलमा बनेको नागरिक सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी प्राप्त गरेको स्मरण गर्दै यसमा सहयोग गर्न आग्रह गर्नुभयो । सरकारसँग नेपालको संविधानको अधीनमा रही जेनजी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्ने पनि बताउनुभयो ।

प्रधानमन्त्री कार्कीले जेन–जीको भावनाअनुसार सरकारले काम गर्ने भएकाले समाजका सबै तह, तप्का र वर्ग समुदायको उत्तिकै भूमिका उत्तिकै हुने भएकाले सरकारसँग सहकार्य गर्न आह्वान गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री कार्कीले नेपाल संवतका प्रवर्तक शंखधर साख्वाले तत्कालीन समयमा नेपाली जनतालाई गरेको सहयोग प्रसंसनीय भएको बताउनुभयो । ‘आजभन्दा ११४६ वर्षअघि, राजा राघवदेवको शासनकालमा उहाँले गरिबी र ऋणमा डुबेका नागरिकहरुको ऋणमोचन गरिदिनुभयो। ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने त्यो ऐतिहासिक निर्णय थियो। यो दिन नै नेपाल संवतको शुभारम्भको आधार हो ।’ उहाँले भन्नुभयो ।

यस सम्वतको संवर्धन, प्रवर्धन र व्यावहारिक कार्यान्वयनका लागि सबैको सुझावअनुसार काम गर्न सरकार तयार रहेको पनि उहाँले बताउनुभयो ।