४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

‘एनपीएल ट्रफी टुर’ चितवनमा

‘एनपीएल ट्रफी टुर’ चितवनमा
अ+ अ-

नारायणगढ । नेपाल प्रिमियर लिग (एनपीएल) ट्रफी टुर अन्तर्गत ट्रफी आज चितवन आइपुगेको छ । फ्रेन्चाइज टिम चितवन राइनोजले नारायणगढको क्याम्पाचौरमा आयोजित विशेष कार्यक्रममा ट्रफी अनावरण गर्दै बाइक र्‍यालीसहित टुरको सुरुआत गरेको हो ।

राइनोजका निर्देशक प्रताप देवकोटाका अनुसार राइड फर राइनोज नाम दिइएको उक्त र्‍याली क्याम्पाचौरबाट सुरु भई आँपटारी, पुलचोक, लायन्सचोक, सिएमसी, हाकिमचोक, गोन्द्राङ, निपनी, टाँडी हुँदै पर्यटकीय गन्तव्य सौराहामा पुगेर सम्पन्न गरिन लागिएको हो ।

सो अवसरमा चितवन राइनोजका रिजन ढकाल, गौतम केसी र रञ्जित कुमार औपचारिक रूपमा प्रस्तुत भएका थिए । त्यस्तै चितवन महिला क्रिकेट टिमकी कप्तान हेलिशा गुरुङ, नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा र नायिका निति शाहलाई राइनोजले नयाँ अनुहारका रूपमा टिममा समावेश गरी ब्रान्ड एम्बासडरका रूपमा सार्वजनिक गरेको छ ।

एनपीएल ट्रफी टुर यसअघि पूर्वको विराटनगरबाट सुरु भए पनि प्रदर्शनपछि स्थगित गरिएको थियो । हाल पुनः जनकपुरबाट सुरु भई हेटौंडा हुँदै ट्रफी चितवन आइपुगेको हो ।