३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

दीपावली मानव सभ्यता र संस्कृतिको विशिष्टताको प्रतीक

दीपावली मानव सभ्यता र संस्कृतिको विशिष्टताको प्रतीक
अ+ अ-

पूर्वीय दर्शनमा दीपावलीको आफ्नै धार्मिक महत्त्व छ। हाम्रा चाडपर्व, दैनिक दिनचर्या, पूजा सबै दीपसँग सम्बन्धि छन् । हरेक शुभ कार्य गर्नुअघि दीप प्रज्वलन गर्ने अक्षुण्ण परम्परा प्राचीन कालदेखि नै चल्दै आएको छ। दीपवलीलाई उज्यालो पर्व मानिन्छ, जुन अज्ञानता र नकारात्मकताको अन्धकारलाई हटाउने प्रतीक हो।

दीप प्रज्वलन धार्मिक क्रिया मात्र होइन, यो त आत्मपरिवर्तनको प्राचीन विज्ञान पनि हो। जुन बाह्य भौतिक  सम्पदामा मात्र सिमित नभई आन्तरिक समृद्धि, शुद्धता, करुणा, सहिष्णुता, श्रद्धा र विवेकको प्रवर्द्धन गराउँछ। मानव यात्रा निरन्तर यात्रारत छ। मानव सभ्यताको आदिकालदेखि नै मानिसले बाहिर शक्ति र परम तेजको खोजी गर्दै आएको छ। जहाँ व्यक्ति अनिश्चिताको आँधीमा जुटिरहेको छ।

मानव सभ्यता जति अगाडि बढिरहेको छ, त्यतिनै मानिस एक गहिरो द्वन्द्वको भूमिमा उभिरहेका छन् , जहाँ मानसिक अस्थिरता, भय, प्रतिशोध र अराजकताभित्र जीवनको अर्थ खोजिरहेका छन् । वास्तवमा, दीपावली भनेको दिब्य चेतनाभित्र प्रवेश गर्नु र आफुभित्रको प्रत्येक अन्धकार, प्रत्येक विरोधाभास, प्रत्येक अस्विकारलाई प्रेमपूर्वक अँगाल्न सक्नु हो।

आजको संसारमा व्यक्ति प्रायः बाहिरी उपलब्धि, प्रदर्शन र प्रविधिको शुद्धतामै अल्झिएको देखिन्छ। जहाँ इन्द्रियहरुले देख्ने बाहिरी संसारका संघर्षहरु भन्दा सरल देखिए पनि अन्तरमनको भित्री द्वन्द, झैझगडा र अनवरत संघर्षलाई बुझ्न आत्माको प्रकाश, शान्ति, धैर्यता र नैतिक शुद्धताको आवश्यकता हुन्छ। शास्त्रीय रूपमा  दीपावली सांस्कृतिक र धार्मिक पर्व भएपनि चेतनाका हिसाबले बिम्बका रूपमा प्रयोग गरिएको आध्यात्मिक प्रक्रिया हो।

अन्धकारको एक मात्र उपाय प्रकाश हो। प्रकाश र खुशीको प्रतीक यो पर्वले हाम्रा जीवनमा सत्य, धर्म र ज्ञानको प्रकाश प्रकट गर्दछ। दीपावली पर्वको हरेक अनुष्ठानको एक महत्व र कथा छ। दीपावली अन्धकार माथी प्रकाश, दुष्टमाथि राम्रो र अज्ञानतामाथि ज्ञानको आध्यात्मिक विजयको प्रतिक हो। दीपावलीको बत्तीहरुले हाम्रा सबै अँध्यारा इच्छाहरु र विचारहरुलाई नष्ट गर्ने, अँध्यारो छाँया र दुष्टताहरुलाई उन्मूलन गर्ने समयलाई जनाउँछ र हामीलाई बाँकी वर्ष वा समयका लागि हाम्रो सद्भावनाको साथ अगाडि बढ्न शक्ति दिन्छ।

दीपावली  एक यस्तो उत्सव हो, जसले धर्म, सम्प्रदाय  र जातिको प्रवाह नगरी  देशको हरेक कुना कुनाबाट मानिसहरूलाई एकताबद्ध गर्दछ। यो यस्तो समय हो जब मानिसहरुले आनन्द र हाँसोले एकाअर्कालाई अँगालो हाल्छन्। यो पर्वले मित्रताको वातावरणका  साथ मनाइन्छ र शुद्धताको आभा राख्छ। जसमा सम्भ्वत: हाम्रा पुर्खाहरुको यो अभ्यासको पछाडिको उद्देश्य यो हुनुपर्छ  कि दीपकको उज्यालोले अन्धकारलाई हटाउँछ।

अन्धकारको विनाशसँगै, नयाँ उत्साह, नयाँ चेतना सुरु हुन्छ र यससँगै पवित्रताको वातावरणमा कार्यहरू कुशलतापूर्वक सम्पन्न गर्ने जग बसालिन्छ। दीपकको अर्थ केवल यसको ज्वालाबाट उत्पन्न हुने प्रकाश मात्र होईन कि हाम्रो भित्री चेतनाको आध्यात्मिक अनुभव र भावनात्मक लगाव पनि यससँग जोडिएको छ। आधुनिक समयमाको लागि  विभिन्न प्रविधिहरु उपलब्ध भएका छन् , जसका कारण विभिन्न आयामहरुमा कुनै पनि हदसम्मको प्रकाश प्राप्त गर्न सकिन्छ। तर के यसबाट ‘गहिरो’ अनुभूति कहिल्यै प्राप्त गर्न सकिन्छ?

दीपक हाम्रो भित्री आँखाको प्रतिबिम्ब पनि हो, जुन हाम्रो भौतिक र आध्यात्मिक विभागहरु बीच समन्वयको सेतुको रूपमा निरन्तर काम गर्छ। दीपकको सदा बलिरहने ज्वालाले  हामीलाई हाम्रो आत्मासँग प्रत्येक्ष सम्पर्कको अनुभूति दिन्छ। हरेक शुभ कार्यको साथमा बत्ती बाल्ने अनुष्ठानले सुरु गरिएको काम कुशलतापूर्वक सम्पन्न हुने र अगाडिको बाटो जीवनको मूल्य र अनुष्ठानले प्रशस्त हुने कुरा लगभग सुनिश्चित गर्दछ। के ‘बत्ती ‘ केवल तेल र भाडोको संयोजनको परिणाम हो? वा यस बाहेक साझेदार मार्गदर्शक बन्छ? हरेक परिस्थितिमा आफ्नो  बलिरहेको ज्वालासँग जीवनको बाटो दृढतापूर्वक देखाउँछ  र बताउँछ। बत्ती बाल्ले मन्त्र हरेक अनुष्ठानमा केवल श्रद्धा वा साधनाको विषय होइन, यो एक प्रकारको चेतनात्मक क्रान्ति हो।

शुभं भवतु कल्याणं आरोग्यं पुष्टिवर्धनम्।

आत्मतत्त्व प्रबोधाय दीपज्योतिनमस्तुते।।

अर्थात्  शुभै शुभ प्राप्तिका लागि, कल्याणका निमित्त, आरोग्य हुन् , शुभ बुद्धिका लागि र आत्मत्त्व जान्नका लागि दीप यानी बत्तीलाई नमस्कार गर्दछु। अतः सामजस्यपूर्ण ढंगले बल्ले र आफ्नो ज्वालामा आउने उतारचढावसँग आफ्नो क्षेत्रमा निरन्तर प्रकाश फैलाउने दीपले यो तथ्यलाई संकेत गर्छ कि जीवनको यो युद्धभूमिमा आफ्नो मौलिक रुप र प्रकृतिसँग जल्दै, लक्ष्य सकारात्मक र निस्वार्थताका साथ सम्पूर्ण संसारको भलाइ गर्न हुनुपर्छ। दीपले जीवनको अन्त्य निश्चित छ भन्ने कुरा पनि प्रेरित गर्छ।

त्यसैले बाँचुन्जेल राम्रो गरिरहनुहोस् र अरुलाई मद्दत गर्ने भावनालाई जीवनको उद्देश्य बनाएर अगाडि बढिरहनुहोस्। दीप प्रज्वलन, यो कुनै परम्परागत पूजा वा उपासना मात्र होइन; यो जीवन शैली हो – जसमा अन्धकारको स्थान उज्यालो, भयको स्थान आत्मबलले लिन्छ। भ्रमको स्थान चैतन्यले र बिभाजनको स्थान समर्पणले।

दीपावली भन्नाले आधुनिक युगमा यसको भावार्थ जब मानिस बाह्य प्रविधि र भौतिक सुविधाको मोहमा परी क्रमशः आफैबाट टाढिदै जान्छ, त्यस्तो अवस्थामा व्यक्तिलाई स्वयंको अस्तित्वतर्फ फर्कने सजीव आह्वान बन्नु पुग्दछ। जसले अन्धकारको चेतनाको गर्भबाट जागृत भएर मैनताबाट उत्पन्न

चैतन्यको अनुभूति गराउँछ, अनि बिर्सिएको सत्यलाई पुनः जागृत गराउँछ। जहाँ ज्ञान, समृद्धि, प्रेम, साहस र विजय जस्ता जीवनको पक्षहरूलाई उजागर गर्छ। जबसम्म व्यक्तिले आफ्नो भित्री दिव्यतालाई चिन्दैन, तबसम्म वाह्य बस्तु र शक्तिको पछाडि दौडिरहन्छ। तर एकपटक भित्री प्रकाशलाई महसुस गर्छ, तबसबै भौतिक झुटा आवरणहरु स्वत: नष्ट हुन्छ। विज्ञानले मानिसलाई बाहिरी संसारको यथार्थ बुझ्न सहयोग गर्छ, तर आत्मज्ञानले मानिसलाई आफ्नो अस्तित्वको वास्तविक अर्थ बुझ्न प्रेरित गर्छ।

संसारमा ठूलो परिवर्तन ल्याउन, समाजलाई उजागर गर्न वा नवीन चेतनाको लहर फैलाउन, बाहिरी शक्ति होइन, भित्री प्रकाश चाहिन्छ। त्यो प्रकाशलाई जब व्यक्तिले आत्मसात गर्छ, तबमात्र उ सफल नेता, सच्चा सेवक र जागृत आत्मा बन्न सक्छ। त्यो प्रकाश उसको आवाजमा, दृष्टिमा र हरेक कर्ममा प्रकट हुन्छ। अतः दीपावलीको अर्थ आत्मदीप प्रज्वलनसँग सम्बन्धित छ। अर्थात्  व्यक्तिको अन्तरमनमा रहेको अज्ञानताको अन्धकार हटाउन ज्ञान र प्रेमको ज्योति प्रज्वलित गराउनु हो।

 दीप अज्ञानता र अन्धकारको डरलाई नष्ट गर्ने, ज्ञान र  प्रकाशले जताततै उज्यालो सिर्जना गरेर पूर्णताको आनन्द फैलाउने अचम्मको हतियार हो। दियोले हाम्रा छरिएको जीवनलाई जम्मा गर्ने उपकरण हो र अदम्य साहस र कडा परिश्रममा बाँच्ने इच्छाको दर्शन हो। जीवनको सारा भय, शंका र द्विविधाबाट बाहिर निस्कने आत्मालाई शान्त, निर्भिक र प्रेमिल चेतनामा स्थिर बनाउने प्रक्रिया हो।

दीप प्रज्वलन त प्रत्येक व्यक्तिको हृदयभित्र रहेको दिव्य ज्योति, करुणा र जागृत साहसको प्रतिरुप हो, जहाँ नयाँ दृष्टि, नयाँ अनुभूति र नयाँ अस्तित्व उदाउँछ। दियो ती मुल्यहरुको उचित निर्वहनको लागी उत्तम मानक हो जसमा अर्थ ‘परोपकार’ मा जीवन बलिदान गर्नु हो। दियो निराशाको समयमा आशाको किरण बन्छ र आनन्दको समयमा उत्साहका साथ उत्तम मार्गदर्शन प्रदान गर्दछ।

           ओम् , असतो मा सद्गमय। तमसो मा ज्योतिर्गमय।

           मृत्योर्मा अमृतम् गमय। ओम् शान्ति, शान्ति, शान्ति!

अर्थात्  ओम्, मलाई असत्यबाट वास्तविकतामा लैजानुहोस्,

मलाई अन्धकारबाट प्रकाशमा लैजानुहोस्, मलाई मृत्युबाट अमरतामा लैजानुहोस्।

यो बृहदारण्यक उपनिषद् ( १-३-२८ ) बाट प्राप्त शान्ति मन्त्र हो। यसलाई पवमान मन्त्र पनि भनिन्छ, पवनमानको अर्थ ” शुद्ध हुनु, तन्काउनु ” हुन्छ। यो सबै मानव जातिको प्रार्थना हो र यस उपनिषदमा यसलाई यति संक्षिप्त र सुन्दर ढंगले व्यक्त गरिएको छ। जीवनको वास्तविकता ती श्र्लोकहरुमा प्रतिबिम्बित हुन्छ, जसले आत्मा र परमात्माको सम्बन्ध कर्मको गहन सन्देश र मानवको आध्यात्मिक यात्रालाई उजागर गर्छ। मानव जीवन कुनै साधारण यात्रा होइन। यो यात्रा बाह्य भौतिकता, संवेग, सुखदुःख र क्षणिक  आकर्षकहरु पार गरेर अन्तर आत्माको तेजसम्म पुग्ने प्रक्रिया हो। हामी दीपकको ज्वालालाई परमात्माको स्वरुप मारेर पूजा गर्छौं र आफ्नो कल्याणको लागि प्रार्थना गर्छौं, तर यहाँ हामी सबैमा सम्पूर्ण विश्व कल्याण भावना निहित छ।

दीपक बनाउनेदेखि लिएर यसका गुणहरुको प्रकटीकरणसम्म, जीवनलाई सुव्यवस्थित बनाउन योगदान पुर्याउने धेरै संरचनाहरुको संयोजन हुन्छ। वास्तवमा दीपक हाम्रो जीवनको मन र मस्तिष्कको सम्पूर्ण प्रणालीको एकीकृत  रुप हो। जसमा हामी हाम्रो जीवनको अर्थ पाउन सक्छौं। मानव चेतनासँग घनिष्ठ राख्ने यस पर्वको मूल उद्देश्य व्यक्तिलाई आन्तरिक रुपान्तरण गर्नु हो, जहाँ मानवीयगुणहरु करुणा, सहिष्णुता, श्रद्धा र विवेकको प्रवर्द्धन गराउँछ। यी सन्बन्धलाई जोड्ने सेतु हो।

संसारमा जहाँ स्वार्थ, कठोरता र यान्त्रिकताले मानवीयताको मूल भावनालाई विस्थापित गरिरहेको छ। किनकि आजको समाज भौतिक उपलब्धि र प्रतिस्पर्धा नै सर्वोपरि मान्छन् । त्यसैले आजको संसारमा, जहाँ मानिसहरू दौडधुप, द्वन्द्व र तृष्णाको छाँयामा अल्झिएका छन् । मानव जीवनलाई दिशा दिने यस्ता पर्वहरुले आनन्द मात्र होइन कि समाज, राष्ट्र र सम्पूर्ण मानव सभ्यतालाई मार्गदर्शन गर्न सक्छ। यथार्थमा कुनै पनि अनुष्ठान होस्  वा पर्व तबमात्र सार्थक हुन्छ कि मन्त्रको उच्चारण, पूजाको विधि, समयको निर्धारण वा भौतिक सामग्रीको शुद्धता भन्दा पूर्ण निस्वार्थ भावले अन्तर्मनको शुद्धता महत्त्वपूर्ण हुन्छ।

जब व्यक्ति आफ्नो अपूर्णतालाई स्वीकारी, गल्तीको जिम्मेवारी लिदै हरेक त्रुटि, हरेक कमजोरी र हरेक असफलताबाट सिक्दै जीवनलाई एक साधना बनाएर अघि बढ्नु नै वास्तविक दीपावली पर्व हो।

दीपावली पर्व बाहिरी बाट साधारण देखिए पनि यसका धेरै आध्यात्मिक महत्वहरु छन् । यो त्यही दिन हो जब रामले लंका जितेर अयोध्या फर्के र यो त्यही दिन हो जब नचिकेता यमराजबाट ज्ञान लिएर पृथ्वीमा फर्के। यदि यसरी हेरियो भने, यस दिनमा धेरै महत्त्वपूर्ण घटनाहरू छन् , जुन कुनै न कुनै कुराको प्रतीक हो। त्यसैले आध्यात्मिक दृष्टिकोणबाट र यी प्रतीकहरु मार्फत दीपावलीलाई प्रकाशको पर्व बुझौं। शरद ऋतुमा वाषिर्क रूपमा मनाइने पौराणिक दीपावली पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामदेखि सुरु भएर कार्तिक पक्षको द्वितीया तिथिको भाईटीकासम्म पाँच दिन मनाइन्छ। पाँच दिनसम्म मनाइने भएकाले यमपञ्चक पनि भनिन्छ।

दिपावलीमा घरको सफाईको विशेष महत्त्व छ, यो बाह्य सफाईले हाम्रो भित्री शुद्धीकरण अर्थात्  मन र आत्माको शुद्धीकरणको प्रतीक हो। यो शुद्धीकरण बिना, हामी सर्बोच्च आध्यात्मिक अवस्था प्राप्त गर्न सक्दैनौं। यो पर्वले हामीलाई शुद्धताको सन्देश दिन्छ। दिपावलीमा देवी लक्ष्मीको पूजा गरिन्छ, जो धन, समृद्धि, सुख र शान्तिकी देवी हुन् । धेरै मानिसहरू सोच्छन्  कि लक्ष्मी केवल भौतिक धन र समृद्धि प्राप्त गर्नको लागि गरिन्छ, तर त्यस्तो होइन। यो पूजा देवी लक्ष्मीबाट आध्यात्मिक समृद्धि र आन्तरिक शान्ति खोज्नको लागि गरिन्छ, जुन वास्तविक धन हो। लक्ष्मी पूजाले हामीलाई सिकाउँछ कि साचो समृद्धि र शान्ति भौतिक चीजहरुमा मात्र होइन, आन्तरिक शान्ति र सन्तुष्टिमा निहित छ भनेर।

जब सम्पूर्ण विश्व सहयोगको लागि कराईरहेको छ, विभिन्न प्रकारका नयाँ संकटहरु आइरहेको छन् , जुन मृत्यु, निराशा र उदासीनताको आवरणमा समाप्त हुँदैन। जहाँ समाज, राष्ट्र र विश्वनै असन्तुलित चुनौतीहरुबाट गुज्रिरहेका छन् । आपसी द्वन्द्व, वैमनस्यता र स्वार्थको अनियन्त्रित विस्तारले मानविय समाजको सामुहिक अस्तित्वलाई कमजोर पारिरहेको छ। यस्तो समयमा वैदिक सांस्कृतिक सम्पदाको विभिन्न तत्वहरुले सम्पूर्ण विश्वलाई नयाँ बाटो देखाइरहेका छन्  कि परिस्थिति जतिसुकै कठिन भए पनि, हामी आत्मविश्वास र हाम्रो अदम्य साहस र धैर्य मार्फत विजयी हुनेछौं।

दीप त्यो अद्वितीय संस्कृतिको अलौकिकताको प्रतीक हो। जीवनको अन्धकारलाई नष्ट गर्न, उत्साह फैलाउन, विश्व शान्ति र राष्ट्रको नाममा दीपक प्रज्वलन गर्नु नै वास्तविक दीपावली हो। दीपावलीले हामीलाई यही चेतनाको दीप प्रज्वलन गर्न आह्वान गर्दछ कि सह-अस्तित्वकलाई विश्वको साझा आवश्यकताको आधार बनाउनु पर्छ; जहाँ मानव एकता होस् , चेतना उज्यालो होस्  र भविष्य शान्तिमय होस् ।