३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

चुनावको तयारीका लागि आज सुरक्षा समितिको बैठक बस्दै

चुनावको तयारीका लागि आज सुरक्षा समितिको बैठक बस्दै
अ+ अ-

काठमाडौं । आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनको वातावरण बनाउन सरकारले आज सुरक्षा समितिको बैठक बोलाएको छ ।

सरकारले निर्वाचन सम्बन्धी योजना र छलफललाई तीव्रता दिएर आफू निर्वाचनमा केन्द्रित र प्रतिबद्ध रहेको सन्देश दिन खोजेको हो ।

निर्वाचनका विषयमा सरकारले राजनीतिक दलहरुसँग भने अहिलेसम्म औपचारिक परामर्श गरेको छैन । बरु राष्ट्रपति रामचन्द्र पौडेललाई अघि सारेर छलफल गराएको छ । राष्ट्रपति पौडेलले राजनीति दलका नेताहरुसँग दुई पटक छलफल गरिसक्नुभएको छ ।

अब सरकारले विस्तारै राजनीतिक दलका नेताहरुसँग पनि परामर्श गर्ने तयारी गरेको छ । आज सुरक्षा समितिको बैठक गरी निर्वाचन कार्यक्रम अघि बढाउने र निर्वाचन सुरक्षा रणनीतिअनुसार काम गर्ने सरकारको तयारी छ ।

गृहमन्त्री अध्यक्ष रहने सुरक्षा समितिमा गृह र रक्षा सचिवका साथै चारवटा सुरक्षा निकायको प्रतिनिधि सहभागी हुन्छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जारी गरेको प्रेस नोटका अनुसार, उक्त बैठकले एकीकृत सुरक्षा योजनाको समीक्षा गर्नुका साथै त्यसको समीक्षा गरी नीतिगत निर्देशन दिनेछ ।

यसका साथै गृह मन्त्रालयको शान्ति सुरक्षा र अपराध नियन्त्रण महाशाखा प्रमुखको नेतृत्वमा अर्को एकीकृत निर्वाचन सुरक्षा समिति गठन भएको छ । नयाँ सरकार गठन हुनासाथ बनेको समितिले सुरक्षा योजना कार्यान्वयनका लागि जिल्लाहरुसँग समन्वय गर्नेछ ।

त्यसैगरी हरेक जिल्लामा सीडीओको नेतृत्वमा जिल्ला एकीकृत निर्वाचन सुरक्षा समिति बनाई कार्यान्वयन थालिएको प्रेस नोटमा उल्लेख छ ।

प्रधानमन्त्री कार्कीले सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई आग्रह गरेकी छन् । प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा ‘सरकारले निर्वाचनलाई प्राथमिकतामा राखेर आफ्ना गतिविधि केन्द्रित गरेको’ उल्लेख छ ।

‘हामी पूर्ण क्षमताका साथ निर्वाचन तयारीमा जुटेका छौँ । एकीकृत निर्वाचन सुरक्षा योजना तीव्र गतिमा बन्दै छ,’ गृहमन्त्री अर्यालको भनाइ उदृत गर्दै प्रेस नोटमा उल्लेख छ, ‘निर्वाचन आयोगसँग पनि सघन छलफल र समन्वय भइरहेको छ । सुरक्षा निकायहरूलाई आवश्यक स्रोतसाधनको कुनै कमी नहुने गरी काम भइरहेको छ ।’

प्रधानमन्त्री सुशीला कार्कीले शनिबार अपराह्न सामाजिक सञ्जाल एक्समा एक पोष्ट गर्दै राष्ट्रपतिको उपस्थितिमा सुरक्षा निकायका प्रमुखहरुसँग निर्वाचनको तयारी र सुरक्षाबारे छलफल भएको जानकारी दिइन् ।

‘राष्ट्रपतिको आह्वान र प्रधानमन्त्री तथा मन्त्रीहरूको उपस्थितिमा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग शीतलनिवासमा गहन छलफल भएको छ’ प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल एक्सको पोष्टमा लेखेकी छन्, ‘निर्वाचनका लागि राजनीतिक वातावरण बनाउनेदेखि सुरक्षा अवस्था सदृढ पार्ने विषयमा छलफल केन्द्रित थियो ।’

प्रधानमन्त्री कार्कीका अनुसार, त्यसक्रममा निर्वाचनको वातावरण तयार गर्न भइरहेको प्रयासको समीक्षा भएको थियो । त्यसक्रममा सबै सुरक्षा निकायका प्रमुखहरुले उच्च मनोबलका साथ सुरक्षा मिलाउन तयार रहेको बताएको उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

राष्ट्रपति कार्यालयको पहलमा राजनीतिक दलका नेता र युवा पुस्ता (जेन–जी)का प्रतिनिधिहरुबिचको छलफल भइरहेकोमा त्यसबाट अघि बढेर सरकारले राजनीतिक दलका नेताहरुसँग भेटघाट र संवाद शुरु गरेको छ ।

प्रधानमन्त्री कार्कीले माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ र वर्षमान पुनसँग भेट गरिसकेकी छन् । यो सातादेखि अरु नेताहरुसँग पनि छलफल अघि बढाउने योजना रहेको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।

उनले एक्समा लेखेकी छन्, ‘निर्वाचनको वातावरण बनाउन राजनीतिक तहबाटै पहलकदमी लिइएको छ । राजनीतिक दलहरुसँगको संवादको शुरुवात भएको छ ।’