१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

श्रमदानबाट काठको पुल निर्माण

श्रमदानबाट काठको पुल निर्माण
अ अ+ अ-

खोटाङ । बाढीले तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुन: सञ्चालनमा ल्याउन स्थानीयले श्रमदानमार्फत काठको पुल निर्माण गरेका छन् ।

गत भदौ १७ गते आएको भीषण बाढीले ढलान बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुन: सञ्चालनमा ल्याउन केपिलासगढी गाउँपालिका–१ फेदी, सोही गाउँपालिकाको वडा नं २ खार्ताम्छा र वडा नं ३ बास्पानीका स्थानीयले दुई दिन लगाएर करिब १५ मिटर लामो काठको पुल निर्माण गरेका हुन् । पक्की पुलको विकल्पमा यातायात सञ्चालन गर्न ढलान सडकसमेत बाढीले बगाएपछि अवरुद्ध बनेको यातायात सेवा पुन: सञ्चालनमा ल्याउन वडा नं २ खार्ताम्छाका वडाध्यक्ष मिलनकुमार राईको नेतृत्वमा श्रमदान गरिएको स्थानीय तिलक साम्पाङ किरातीले जानकारी दिनुभयो ।

“बाढीले ढलान बगाएपछि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध छ । खोलामा पानीको बहाव घटेको छैन”, उहाँले भन्नुभयो, “तत्कालका लागि मोटरसाइकल आवतजावत गराउन श्रमदानमार्फत काठको पुल निर्माण गरेका हौँ । अब जुनसुकै समयमा मोटरसाइकलमार्फत आवतजावत गर्न सकिने भएको छ ।”

दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका–१० पाथेका र केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित तापखोलाको शनिबारेमा काठको पुल निर्माण गरिएपछि मोटरसाइकलबाट सदरमुकाम दिक्तेललगायत ठाउँ आवतजावत गर्न सकिने भएको स्थानीयले बताएका छन् । गाउँपालिकाका उपप्रमुख गुरुराज राईसहितका जनप्रतिनिधि तथा स्थानीय युवा गरी ६५ जनाको सहभागितामा जनश्रममार्फत काठको पुल निर्माण गरेर सञ्चालन गरिएको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।

दिक्तेल–पाथेका–फेदी सडकखण्डको तापखोलास्थित शनिबारेमा केपिलासगढी गाउँपालिका र वडा कार्यालय खार्ताम्छाको संयुक्त लगानीमा यातायात सञ्चालन गर्न शनिबारेमा खोला ढलान गरिएको थियो । सात वर्षअघि गरिएको ढलान बाढीले बगाएपछि उक्त गाउँपालिकाको तीन वडाका स्थानीयलाई १० किलोमिटर लामो दिक्तेल–खार्मी सडक पार गर्दै सदरमुकाम दिक्तेल पुग्नुपर्ने बाध्यता बनेको थियो ।

कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल–पाथेका–फेदी सडकखण्डको तापखोलास्थित शनिबारेमा मोटरेबल पक्की पुल निर्माण गर्न यस वर्ष प्रदेश सरकारबाट बजेटसमेत उपलब्ध भएको छ । केपिलासगढी गाउँपालिकाका तीन वडाका स्थानीयले सदरमुकाम दिक्तेल तथा राजधानी काठमाडौँ आवतजावत गर्ने प्रमुख मार्गमा पर्ने शनिबारेमा निर्माण हुने कोशी प्रदेश सरकारको बहुवर्षे योजनाअन्तर्गत मोटरेबल पक्की पुलका लागि रु दुई करोड बजेट उपलब्ध भएको वडाध्यक्ष राईले जानकारी दिनुभयो । रासस