१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा हुने



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कमिटी बैठकले ११ औँ महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतम बताए ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मितिसहितको राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।

अध्यक्ष ओलीको प्रतिवेदन सर्वसम्मतले सुझावसहित पारित गरिएको गौतमले जानकारी दिए ।