२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुनैपनि सम्भावित चुनौतिको सामना गर्न सदा तयार छौँः नेपाली सेना



अ+ अ-

काठमाडौँ । भदौ २३ र २४ गते देशभरका ४ सय ८४ स्थानमा आन्दोलन भएको नेपाली सेनाले जनाएको छ ।

शुक्रवार पत्रकार सम्मेलन गर्दै गत भदौ २३ र २४ गते जेन जी पुस्ताको आन्दोलन देशभरका ४ सय ८४ स्थानमा भएको नेपाली सेनाले जनाएको हो । सेनाकाअनुसार आन्दोलनका क्रममा २२ जना प्रदर्शनकारी, ३ प्रहरी, १० कैदीबन्दी र अन्य ४१ जनाको मृत्यु भएको छ । पत्रकार सम्मेलनमा नेपाली सेनाका युद्धकार्य निर्देशनालयका निर्देशक मनोज थापाले आन्दोलनका क्रममा ६ सय ८८ वटा सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको बताउनु भयो ।

उहाँले २ सय ५९ निजी निवास, १ सय २८ व्यापारिक प्रतिष्ठान, १ सय ९८ राजनीतिक दलका पार्टी कार्यालय र ३ सय ७ वटा प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएको बताउनु भयो । आन्दोलनका क्रममा देशभरबाट १५ हजार ५ सय ८८ कैदीबन्दी फरार भएको नेपाली सेनाले जनाएको छ । सेनाकाअनुसार ८ हजार ७ सय ९९ पक्राउ र फिर्ता भएका छन् । त्यस्तै ९ सय ७८ हतियार लुटिएकोमा ५ सय ८६ हतियार फिर्ता ल्याइएको बताएको छ ।

आन्दोलनका क्रममा मृत्यु भइ टिचिङ अस्पतालमा रहेका ११ वटा शवको पहिचान हुन नसकेको बताउनु भयो । विशेष परिस्थितिमा निर्वाचन भइरहेकाले चुनौतिपूर्ण रहेको बताउनु भयो । सबैले पहल गरेको खण्डमा निर्वाचनको लागि चाहिने शान्ति सुरक्षाको स्थिति बन्दै जाने र समयमै निर्वाचन गर्न सकिने स्पष्ट पार्नुभयो ।

पत्रकार सम्मेलनमा नेपाली सेनाले आन्दोलनमा विदेशी घुसपैठको सम्भावनाबारे अध्ययनरत रहेको बताएको छ । नेपाली सेनाका युद्धकार्य विभागका विभागीय प्रमुख अनुपजंग थापाले वर्तमान परिस्थितिलाई मध्यनजर गरी समग्र मुलुकको आगामी कार्यदिशा स्पष्ट र परिणाममुखी हुन जरुरी रहेको बताउनु भयो । त्यसका लागि नेपाली सेनाले आफ्नो श्रोत, साधन र पेशागत क्षमता अभिवृद्धि गर्दै कुनैपनि सम्भावित चुनौतिको सामना गर्न सदा तयार रहनुपर्ने आवश्यकता महशुस गरेको बताउनु भयो ।

उहाँले आन्दोलनको क्रममा लुटिएका हतियार र फरार कैदीबन्दी एवं तिनीहरुको सम्मिश्रणबाट आम समाजमा उत्पन्न हुनसक्ने सुरक्षा चुनौतिलाई सेनाले पनि गम्भीरतापूर्वक लिएको बताउनु भयो । हतियार र कैदीबन्दी फिर्ता गर्न सबैले साझा प्रयास गर्न अपिल गर्नुभयो । राष्ट्रिय संस्कारलाई जगेर्ना गर्दै सबै मिलेर राष्ट्रिय हितको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न हातेमालो गर्न आह्वान गर्नुभयो ।