२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यपालिका बैठकमा मेयर बालेन र वडाध्यक्षबीच नोकझोकः १० दिनको तिहार मैले आजै कसरी सकाइदिनु त



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाको ४३औं नगर कार्यपालिका बैठकमा मेयर बालेन शाह र ११ नम्बर वडाका अध्यक्ष हिरालाल तण्डुकारबीच वादविवाद भएको छ ।

नेपाल स्काउटको जग्गामा महानगर अस्पताल निर्माणका लागि भाडा सम्झौता गर्ने प्रस्ताव प्रस्तुत गर्दा दुबैबीच तिक्तता उत्पन्न भएको हो ।

वडाध्यक्ष तण्डुकारले महानगरले आफ्नै भवन बनाउन नसकेर भाडामा बसिरहेको अवस्थामा नयाँ परियोजनामा लाग्नु अनुचित रहेको भन्दै आपत्ति जनाए । उनले नगर प्रहरीका लागि ब्यारेक निर्माणजस्ता प्राथमिक काम अघि बढाउन माग गरे ।

प्रतिक्रिया दिँदै मेयर बालेनले तिहारपछि महानगर भवन निर्माण सुरु हुने जानकारी दिए । त्यसपछि दुबैबीच तिहारपछि सुरु हुने भनाइमा वादविवाद बढ्दै गए ।

तण्डुकारले काम ढिलो भएको आरोप लगाउँदा बालेनले व्यङ्ग्यात्मक शैलीमा “तिहार आजै सकाउन मिल्छ ? ” भनेर जवाफ दिएका थिए । अन्ततः मेयरले प्रस्ताव क्रम अगाडि बढाउन निर्देशन दिँदै बैठक अघि बढाएका थिए ।

अध्यक्षले भने– ‘कुन बेला सुरु हुन्छ, तपाईं हामी आएकै साढे तीन वर्ष भइसकेको छ । जहिले अब हुन्छ तब हुन्छ भनेर आश्वासन दिएर हुन्छ ? त्यहाँ ठेकेदारले सामानहरू राखिरहेको छ । काम सुरु नहुँदा ठेकेदारले क्षतिपूर्ति माग्यो भने के गर्ने ? घर बनाउन लाग्नेभन्दा बढ्ता क्षतिपूर्ति दिनुपर्ने होला फेरि ।’

मेयर बालेनले प्रतिप्रश्न गरे– तिहार पछाडि होस् भन्न खोज्नु भाको कि नहोस् भन्न खोज्नु भाको ? भनेपछि नबनोस् भन्न खोज्नुभएको हो ?

वडाध्यक्षले जवाफ दिए– ‘नबनोस् भनेको होइन, छिटो बनोस् भनेको हो ।’

बालेनले जवाफ फर्काए – ‘तिहार छिटै सकाइदिनुपर्‍यो अब मैले ?  ’

वडाध्यक्ष बोलिरहँदा बालेनले भने– ‘१० दिनको तिहार मैले आजै कसरी सकाइदिनु त ।’