३१ श्रावण २०८३, आईतवार
,
Latest
इन्डोनेसियाको भूकम्पमा जनधनको क्षतिप्रति परराष्ट्रमन्त्री खनालद्वारा दुःख व्यक्त जाजरकोेट पहिरोः तीन जनाको मृत्यु, दुई जना बेपत्ता बालेनप्रति ओलीको कटाक्ष– मादल बजाउन नजान्नेलाई मादल दिँदा राम्रो संगीत निस्कँदैन बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ? स्थानीय बजारमा सुनचाँदीको मूल्य बढ्यो शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’ कैलालीका सामुदायिक वनमा उत्पादनमुखी वृक्षरोपणलाई प्राथमिकता भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङ भत्किँदा सात जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पूर्वी चीनको हङ्जे तालमा बाढी नियन्त्रणका लागि ६३ वटै ढोका खोलिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक सय पाँच वर्षीया लमी कुमारीसहित तीन ज्येष्ठ व्यक्तित्व सम्मानित



अ+ अ-

भोजपुर । समाजमा पुर्याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिकाले तीन जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ३५औँ अन्तरराष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा आयोजित कार्यक्रममा उनीहरूलाई ‘जेष्ठ महामानार्थ सम्मान–२०८२’ प्रदान गरिएको हो ।

सम्मानित हुनेमा वडा नं १ की एक सय पाँच वर्षीया लमीकुमारी राई, वडा नं ४ नागीका १०२ वर्षीय इन्द्रबहादुर राई र वडा नं ३ अन्नपूर्णका ९८ वर्षीय भीमप्रसाद राई रहनुभएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष सरोज बस्नेतले ज्येष्ठ नागरिक राष्ट्रका गौरव र समाजका जीवन्त सम्पदा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकले दिएको ज्ञान, सीप र अनुभव नयाँ पुस्ताको मार्गदर्शन हुन् । उनीहरूको सम्मान गर्नु हाम्रो साझा जिम्मेवारी हो ।”

उपाध्यक्ष रमादेवी राईले ज्येष्ठ नागरिकको स्याहारसुसार र अधिकार संरक्षण गाउँपालिकाको प्राथमिकता रहेको बताउनुभयो । ज्येष्ठ नागरिकको जीवन सहज र सम्मानित बनाउन गाउँपालिकाले सहयोगमुखी कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । कार्यक्रममा सहभागीहरूले ज्येष्ठ नागरिकप्रतिको कदर र सम्मान भावनाले समाजमा सकारात्मक सन्देश प्रवाह भएको बताउनुभएको थियो । रासस