३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

एकै ठाउँमा ५० थरिका गोदावरी फूलः पाइन्छन् पचास हजारसम्मका बिरुवा

एकै ठाउँमा ५० थरिका गोदावरी फूलः पाइन्छन् पचास हजारसम्मका बिरुवा
अ+ अ-

काठमाडौँ । जावलाखेल फुटबल मैदानमा जारी फ्लोरिकल्चर एशोसिएशन नेपालको गोदावरी फूल प्रदर्शनीमा ५० प्रकारका गोदावरी फूलहरु रहेको व्यवसायीहरुले बताएका छन् ।

१८ औं संस्करणको उक्त मेलामा गोदावरी र अन्य प्रजातिका गरी ४ सय ५० फूलहरु उपलब्ध रहेको आयोजकले जनाएको हो । गोदावरी फूलको विशेष प्रदर्शनी रहे पनि अन्य प्रजातिका फूलहरु पनि तिहार र छठ विशेषका लागि राखिएको व्यवसायीहरुको भनाइ छ । फूल व्यवसायी कुमार बस्नेतले आफूसँग चालिसदेखि पचास प्रजातिका गोदावरी फूलहरु उपलब्ध रहेको बताउनु भयो । उहाँले गत वर्ष प्रदर्शनीबाट पाँच लाख भन्दा बढी कारोबार गरेको जानकारी दिनुभयो । यस वर्ष पनि कारोबार राम्रो हुनेमा आफू आशावादी रहेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘अब हामीसँग अहिले यो विशेष त गोदावरी फूलको मेला भएका कारणले अहिले चालिस देखि पचास वटा भेराइटिका गोदावरी उपलब्ध छन् । पोहोर साल अलिकति ढिला थियो र पूmलहरु अलि फुलेको थियो । अगभग पाँच, ६ लाखको कारोवार थियो भने यसपाली अलि पूmल कम पूmलेको छ । अब हेरौ राम्रो अपेक्षा चाहीँ छ ।’

दुई सयदेखि पन्ध्र हजारसम्मका फूलहरु आफूसँग उपलब्ध रहेको अर्का फूल व्यवसायी ढकबहादुर कार्की बताउनु हुन्छ । चाड पर्वहरुमा आवश्यक पर्ने फूलको माग पूर्ति गर्ने उद्देश्य रहेको बताउँदै व्यवसायी कार्कीले आफ्नो स्टलमा विभिन्न प्रजातिका गोदावरी, सयपत्री लगायतका फूलहरु रहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो उद्देश्य चाहीँ मागअनुसार अब यो दशैलाई आवश्यकता हुन्छ हाम्रो तिहार पर्वमा चाड पर्वहरुमा यो पूmलहरुको त्यसलाई पूर्ति गर्ने हुन्छ । अनि हामीसँग बिरुवाहरु धेरै किसिमका छन् । सयपत्री छन्, गोदावरी छन् । यसमा पनि अब पोलीमा छ हामीसँग गमला पटमा छ । अब दुई सय, चारसय, छ सय, आठ सयदेखि दश हजार पन्ध्र हजारसम्मका हामीसँग बिरुवाहरु छन् ।’

घर सजाउन प्रयोग गरिनेदेखि विभिन्न प्रजातिका फूलहरु यस मेलामा उपलब्ध रहेको अर्का फूल व्यवसायी कृष्णराम थापाले बताउनु भयो । यो मेला पुष्पमा रमाउने मानिसहरुले छुटाउन नहुने उहाँको सुझाव छ । प्रदर्शनीमा बजारको भन्दा सुलभ मूल्यमा फूलहरु पाइने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘पुष्पमा रमाउने साथीहरु हुनुहुन्छ पुष्पमा घर सजाउनेदेखि लिएर विभिन्न प्रकारका नयाँ नयाँ बिरुवा खोजी गर्नुहुन्छ भने हाम्रो यस गोदावरी मेला जावलाखेलमा उपस्थित भइदिएर हजुरहरुले विभिन्न खालका विरुवाहरु छानेर, हजुरहरुलाई सुलभ मूल्यमा यस मेलाले विशेष प्रायोजनका साथ जुन हामीले प्रदर्शनी गरेका छौं त्यसमा हजुरहरु सहभागी भइदिएर लगिदिनु हुन अनुरोध गर्दछु ।’ 

फूल फुल्ने, फूल नफुल्ने र फलहरु गरी तीन प्रजातीका विरुवाहरु आपूmसँग उपलब्ध रहेको अर्का फूल व्यवसायी शुसील खड्काले बताउनु भयो । प्रदर्शनी प्रतिष्पर्धात्मक भन्दा व्यापारिक प्रयोजनका लागि भएको बताउनु भयो । आफूसँग सयदेखि पचास हजारसम्मका बिरुवाहरु उपलब्ध रहेको बताउँदै उहाँले आपूmसँग पच्चिसदेखि तीस प्रजातिका बिरुवाहरु उपलब्ध रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीसँग स्टलमा फ्लावरिङ्ग, नन—फ्लावरीङ्ग र फ्रुट्सहरु सबै नै हामीले समेटेर राखेका छौ, किनभने यो प्रतिष्पर्धात्मक भन्दा पनि व्यापारिक प्रयोजनका लागि गरिएको मेला भएका कारणले हामीले व्यापारीक प्रयोजनकै लागि भनेर हामीले हामीसँग फलफूलका पच्चिस, तीस भेराइटि भन्दा बढी छन् । पूmल फुल्ले बिरुवाहरु जसमा इनडोर, आउटडोर दुईवटा गरेर हामीसँग त्यही अठार बीस थरी ल्याउन सकेका हुनसक्छौ हामीले यहाँ । हामीसँग भएकामध्ये केही बिरुवाहरु हामीसँग चालिस—पचास हजारसम्मका पनि ल्याएका छौँ यहाँ र सय रुपैयाँ मिनिमममा चाहीँ थेरैमा हामीले सयदेखिको बेच्ने बिरुवाहरु लिएर आएका छांै ।’

असोज २९ देखि शुरु भएको मेला कार्तिक २ गतेसम्म चल्नेछ । पाँच दिनसम्म सञ्चालन हुने यस गोदावरी फूलको प्रदर्शनीमा चालिस हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने आँकलन आयोजकको छ । साथै एक करोड तीस लाख भन्दा बढीको व्यवसायिक कारोबार हुने आयोजकको अपेक्षा छ ।