१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी भन्दै सरकारी कर्मचारी धम्क्याउने शाही पक्राउ



अ+ अ-

काठमाडौँ। जेनजीका नाममा कर्मचारीलाई थर्काउने अर्जुन शाही पक्राउ परेका छन्।

उनलाई प्रहरीले काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार, उनको गतिविधिलाई लिएर गुनासो आएपछि प्रहरीले सोधपुछ र अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

उनीविरुद्ध यसअघि बैंकिङ कसुर र वैदेशिक रोजगारी ठगीमा समेत मुद्दा चलेको थियो ।