१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् चर्चित अभिनेता पंकज धीर



अ+ अ-

एजेन्सी । चर्चित बलिउड अभिनेता पंकज धीरको निधन भएको छ । ६८ वर्षीय धीरले बी.आर. चोपडाको चर्चित धारावाहिक ‘महाभारत’ मा कर्णको भूमिका निभाएका थिए । उनी लामो समयदेखि क्यान्सरसँग संघर्ष गर्दै आएका थिए ।

पंकज धीरले हिन्दी चलचित्र र टेलिभिजन दुवै क्षेत्रमा उत्कृष्ट योगदान दिएका थिए । उनले ‘चन्द्रकान्ता’, ‘युग’, ‘द ग्रेट मराठा’ र ‘बढो बहू’ जस्ता टिभी शोजमा काम गरेका थिए । साथै उनी ‘आशिक आवारा’, ‘सड़क’, ‘सोल्जर’ र ‘बादशाह’ जस्ता फिल्महरूमा पनि देखिएका थिए ।

पंकजका छोरा निकीतीन धीर पनि अभिनेता हुन् । निकीतीनको विवाह अभिनेत्री कृतिक्का सेंगरसँग भएको छ ।

‘जुँगाका कारण छुट्यो अर्जुनको रोल’

पंकज धीरको पहिचान ‘महाभारत’ मा कर्णको भूमिकाबाट बन्यो । तर सुरुमा उनलाई यस धारावाहिकमा अर्जुनको भूमिका प्रस्ताव गरिएको थियो । निर्देशक बी.आर. चोपडाले उनलाई अर्जुनको किरदारका लागि बोलाएका थिए ।

पंकज तयार पनि थिए, तर केही दृश्यहरूमा महिलाको गेटअप लिनु पर्ने र जुँगा मुण्डन गर्नुपर्ने सर्त थियो । जुँगा मुण्डन गर्न नचाहेकाले उनले यो भूमिका अस्वीकार गरेका थिए । त्यसपछि अर्जुनको भूमिका फिरोज खानलाई दिइयो ।

केही महिनापछि निर्माताहरूले फेरि उनलाई कर्णको भूमिकाका लागि सम्पर्क गरे । त्यस बेला पंकजले पहिलो प्रश्न सोधे, “मलाई जुँगा मुण्डन गर्न त पर्दैन नि ?”
बी.आर. चोपडाले भने, “पर्दैन।”
त्यसपछि पंकजले खुशीसाथ यो भूमिका स्वीकार गरे ।

आँखामा तीर लागेको घटना

‘लहरें रेट्रो’ लाई दिएको अन्तर्वार्तामा पंकज धीरले खुलासा गरेका थिए कि ‘महाभारत’ को सुटिङका क्रममा उनको आँखामा तीर लागेको थियो । त्यसपछि उनको आँखाको सर्जरी गर्नुपरेको थियो ।

उनले भनेका थिए— युद्धका दृश्यहरू वास्तविक देखाउन बी.आर. चोपडाले असली भारी हतियारहरू प्रयोग गर्नुभएको थियो, जसका कारण धेरै कलाकारहरू सुटिङ सेटमै घाइते भएका थिए ।