१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

प्रहरी प्रमुखका दाबेदार दानबहादुर कार्कीलाई रोक्न चलखेल !

प्रहरी प्रमुखका दाबेदार दानबहादुर कार्कीलाई रोक्न चलखेल !
अ अ+ अ-

काठमाडौं । प्रमरख अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नेपाल प्रहरीको प्रमुख (आईजीपी) हुनबाट रोक्ने प्रपञ्च सुरु भएको छ । काठमाडौंं उपत्यका प्रहरी कार्यालयका प्रमुख कार्की भावी प्रहरी महानिरीक्षकका प्रमुख दाबेदार हुन् । तर उनलाई प्रहरी प्रमुख बन्नबाट रोक्ने चलखेल सुरु भएको हो ।

एआइजी कार्कीविरुद्ध विभिन्न आरोप लगाएर महानिरीक्षकको दौडबाट पछि हटाउने खेल सुरु भएको हो ।

गत भदौ १८ गते प्रहरी महानिरीक्षकमा नियुक्त भएका चन्द्रकुवेर खापुङ आउँदो कात्तिक २७ गते सेनानिवृत्त हुँदै छन् । यसपछि महानिरीक्षकमा एआईजी कार्कीको बलियो दाबेदारी रहने देखिन्छ । यसकारण पनि कार्कीमाथि विभिन्न आरोप लगाउन थालिएको हो ।

कार्कीले गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनी रोक्न नसकेको आरोप लागेको छ । त्यति मात्र होइन, कार्कीमाथि थुनुवा कैदीहरुलाई भगाएको भन्ने आरोप पनि छ । जबकी देशभरका अधिकांश कारागारबाट कैदीबन्दी र प्रहरी कार्यालयमा रहेका थुनाबन्दी भागेका थिए ।

तत्कालीन प्रधानमन्त्री प्रधानमन्त्रीसमेत असुरक्षित भएर सेनाको हेलिकोप्टर चढेर भाग्नुपरेको थियो । यस्तो अवस्थामा एआइजी कार्कीले कैदी भगाएको भन्ने आरोपमा कुनै सत्यता नभएको प्रहरी अधिकारीहरु नै बताउँछन् ।

प्रहरीका उच्च पदस्थ अधिकारीले स्वेच्छाचारी रूपमा अभियुक्तलाई रिहा गर्न सक्दैन । यस्तो अवस्थामा ‘कैदी भगाएको’ भन्ने दाबी न कानुनी तर्कले मिल्छ, न प्रशासनिक प्रक्रियाले समर्थन गर्छ ।

केन्द्रीय कमान्ड र केन्द्रीय सुरक्षा समिति अन्तर्गतको औपचारिक छलफलमा सहभागी हुन गएको विषयलाई लिएर उनीमाथि आफ्नो कमान्ड रुम छाडेर आर्मी हेडक्वाटर पुगेको भन्नेजस्ता आरोप लगाइएको छ । उक्त बैठकमा प्रधानसेनापति, गृह सचिव र मुख्यसचिवसमेत सहभागी थिए ।

यस्तै आरोप लगाएर कार्कीलाई महानिरीक्षक बन्ने दौडबाट पछि हटाउन खोजिएको बताइएको छ । प्रहरी प्रशासनमा आन्तरिक सुरक्षा, भीड मनोविज्ञान, भीड गतिशास्त्र र आन्तरिक द्वन्द्व व्यवस्थापन जस्ता महत्वपूर्ण विषयमा पोख्त मानिने उनले यस्ता जटिल परिस्थितिहरूमा संयमता, मनोवैज्ञानिक बुझाइ र संगठनात्मक सन्तुलन कायम राख्दै काम गरेको प्रहरी अधिकारीहरु नै बताउँछन् ।

प्रहरी संगठनलाई नै कमजोर बनाउने गरी लगाइएका निराधार आरोपप्रति सुरक्षा निकायका अधिकारीहरु नै आश्चर्यमा परेका छन् ।

आन्तरिक मूल्याङ्कन संवेदनशील चरणमा भइरहेका बेला केही नेपाल बाहिरको नम्बरबाट सञ्चालित ह्वाट्सएप समूहहरू मार्फत अफवाह फैलाउने काम भइरहेको छ ।

राजनीतिक परिवर्तनसँगै गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई हुदै नहुने कुरा गरेर कार्कीको बदनाम गर्न भने एक समूह सकृय भएको देखिएको छ । यत्तिसम्म कि जेन जी आन्दोलनमा गोली नचलाएर रक्तपात रोकेका कार्की माथि असफल कमाण्डरसम्म भन्न भ्याएका छन् । भदौ २३ गतेको आन्दोलनपछि उपत्यकाको कमाण्ड कसले सम्हाल्ने भन्ने हालका आइजीपी समेत अन्यौलमा रहँदा कार्की आफू भ्याली कमाण्ड सम्हाल्छु भन्दै उपत्यकाको कमाण्ड सम्हालेका थिए । जसका कारण २४ गते प्रहरीलाई गोली चलाउन आदेश दिइएन । थप आन्दोलनलाई हिंसात्मक बन्न दिएनन् । बरु प्रहरीलाई आफनो सुरक्षा आफै गर्नु भन्दै निर्देशन दिदा आफ्नै प्रहरी गुमाउनु परेको थियो ।

आईजीपी चन्द्र कुबेर खापुङ अवकाशमा जाने दिन नजिकिएसँगै प्रहरीको नयाँ आइजीपी को हुने भन्ने चर्चा शुरु भएकै बेला कार्कीमाथि अनावश्यक आरोप लगाइएको हो । जबकी नेपाल प्रहरीमा ३३औं महानिरीक्षक आईजीपीका लागि एक नम्बरमा रहेका दानबहादुर कार्कीको बलियो सम्भावना छ ।

नयाँ आइजीपीका लागि चार एआइजीबीच मुख्य प्रतिस्पर्धा छ । जसमा दानबहादुर कार्की पहिलो नम्बरमा छन् । दोस्रो नम्बरमा राजन अधिकारी, तेस्रोमा डा.मनोज केसी र चौथो नम्बरमा सिद्धिबिक्रम शाह छन् । कात्तिक २७ गते प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ अवकाशमा जाने भएपछि भावी प्रहरीको नेतृत्व मुख्य दावेदारले नै पाउने भएका हुन् ।

अहिलेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार जेन जी आन्दोलनको जगमा बनेको हो । त्यसैले पनि रोल क्रम अनुसार बन्ने हो भने एआइजी दानबहादुर कार्की पक्का पक्की जस्तै हो । किन कि यो सरकार अघिल्लो सरकार जस्तो ब्रिफकेसमा पैसा बोकेर नेताको घर घर धाउने बेलाको सरकार होइन । यो सरकार त विधिमा चल्ने विश्वास नेपाली जनताले गरेका छन् । जेन जी पुस्ता पनि निष्पक्ष र रोलक्रमको व्यक्तिले पाउनुपर्नेमा प्रस्ट छन् ।

तर कार्कीलाई पाखा लगाउन विभिन्न आरोप लगाउँदै चलखेल भएको हो । तर प्रहरीका अधिकृतहरु नै कार्कीको विकल्प नभएको बताइरहेका छन् ।