२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न गृहमन्त्री अर्यालद्वारा उजुरी आह्वान



अ+ अ-

काठमाडौँ । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गर्नुभएको छ ।

सिंहदरबार परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गर्नुभएको हो ।

नागरिकले उठाउँदै आएका प्रकरणहरुका फाइल खुल्छन् त ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा गृहमन्त्री अर्यालले मन्त्री आफैँ उजुरी हाल्दै हिँड्न नमिल्ने र पीडितले उजुरी दिए प्रक्रिया अघि बढ्ने बताउनु भयो । लिखित रुपमा उजुरी राज्य संयन्त्रमा आए त्यसविरुद्ध प्रक्रिया अघि बढाइने उहाँको भनाइ छ । गृहमन्त्री अर्यालकाअनुसार पहिला आदेशले चल्ने गरे पनि अहिले देश कानूनले चलिरहेको छ । भइरहेको कानून कार्यान्वयन हुने र कसैले त्यसमा हस्तक्षेप नगर्ने जिकिर गर्नुभयो । कुनै पूर्वाग्रह राखेर नभइ कानून, प्रमण, उजुरी हेरेर राज्य संयन्त्रले काम गर्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पहिला पहिला आदेशले हुन्थ्यो । अहिले कानूनले हुन्छ । जे छ, कानूनबमोजिम हुन्छ । भइरहेको कानून कार्यान्वयन हुन्छ । हस्तक्षेप कतै पनि हुँदैन । कानूनले आफ्नो कार्ष लिन्छ । बढो अर्ग्यानिक वेमा हुन्छ अब । कुनै पूर्वाग्रह राखेर पनि हुँदैन, प्रमाण हेरिन्छ, कानून हेरिन्छ । उजुरी हेरिन्छ । हाम्रा संयन्त्रहरुले त्यही हेरेर काम गर्दछन् । जहाँ प्रमाण छ, जहाँ कानूनले ठाउँ दिन्छ, त्यहाँ रिजल्ट देख्नुहुन्छ । यो सुशासनको मान्यता नै त्यही हो । फेयनेस, कानूनी आधार, प्रमाण चाहिन्छ, राज्य संयन्त्र त्यसैगरी चल्नुपर्छ । कानूनको अघि सबै समान हुन् । गल्ती गरेको छ भने सबै सजायको भागिदार हुनुपर्छ । राम्रो काम गरेको छ भने पुरस्कृत हुनुपर्छ । मान प्रतिष्ठा बढाइदिनुपर्छ । नतृत्वमा पु¥याइदिनुपर्छ, राम्रो काम गर्नेलाई । इतिहासले सम्झिनुपर्छ । नराम्रो काम गर्नुभएको छ भने कानूनबमोजिम जानुपर्छ । गिरिबन्धु लगायतका प्रकरणमा उजुरी आउनुपर्छ । उजुरी अख्तियारमा पनि आउनुप¥यो । मान्छेहरु ठगिएका छन् भने प्रहरी प्रशासनमा ल्याइदिनुभयो भने, हाम्रो नोटिसमा लिखित रुपमा ल्याइदिनुभयो भने मन्त्रीले उजुरी हाल्दै हिँड्दैन, यो अपेक्षा नगर्नुहोला । तर पीडितले बैना दिनुभएको छ, बैना संकलन गरियो, त्यही बैना सायद रिस्वदको रुपमा प्रयोग पनि भयो की ? त्यही बैना बापतको पैसा निर्णय गराउने कुरामा खर्च गरियो की ? यो कुरा त जसले देखेको, भोगेको, पीडित भएको मान्छेले राज्य संयन्त्रमा ल्याइदिनुपर्छ ।’

मन्त्री अर्यालले तोकिएको समयमा निर्वाचन हुने दाबी गर्नुभयो ।