४ भाद्र २०८३, बिहीबार
,
Latest
दिगो वन व्यवस्थापन र डढेलो नियन्त्रणमा प्रविधिको प्रयोग बढाउने विषयमा छलफल दाङमा चार दिनमा ३७ भरुवा बन्दुक बरामद जापानिज इन्सेफ्लाइटिसः सप्तरी र कैलालीमा चार जनाको मृत्यु अख्तियारलाई राजनीतिक दलका नेता र प्रधानमन्त्रीले आफूअनुकूल चलाउन खोजेः सांसद सिंह नीतिगत भ्रष्टाचार र अख्तियारको निष्क्रियताप्रति नेता शाहीको आक्रोशः संविधान र ऐन संशोधनको प्रश्ताव अध्यक्ष राईको प्रश्नः कार्यकारी प्रमुखबाटै अधिकारको दुरुपयोग भए कारबाही गर्ने निकाय कुन हो ? अख्तियारको स्वायत्तता र सुशासनमा राज्यका तीनै अङ्ग जिम्मेवार हुनुपर्छः मुख्य सचेतक दुलाल कारबाही अघि बढाउँदा पदाधिकारीहरूलाई दबाबमा राख्नु खेदजनकः अर्जुननरसिंह केसी विधायिकी अभ्यासमा स्थानीय तहलाई मार्गदर्शन गर्नुपर्नेमा जोड बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वासिङ्टनसँग ’निष्पक्ष, सन्तुलित’ वार्ताका लागि इरान तयार



अ+ अ-

तेहरान। इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले वासिङ्टनसँग ‘निष्पक्ष र सन्तुलित’ वार्ताका लागि तेहरान तयार रहेको बताउनुभएको छ।

इरानको राज्य सञ्चालित आइआरआइबी टिभीसँगको अन्तर्वार्तामा अराघचीले आणविक मुद्दामा अमेरिकासँग वार्ता पुनः सुरु गर्ने र प्रतिबन्धहरू हटाउने विषयमा इरानको अडानका बारेमा विस्तृत जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यदि अमेरिकाले इरानको हितको रक्षा गर्न सक्ने योजना प्रस्तुत गर्छ भने तेहरानले त्यसबारे अवश्य विचार गर्नेछ ।”

उहाँले भन्नुभयो, “अमेरिकाप्रतिको हाम्रो अडान सधैँ स्पष्ट रहेको छ । यदि तिनीहरू साझा हितहरूको रक्षा गर्न समान स्तरमा वार्ता गर्न तयार छन् भने पारस्परिक सम्मानको आधारमा ‘निष्पक्ष र सन्तुलित’ वार्ताका लागि तयार रहनुहोस्, हामी पनि यस्तो वार्ताका लागि तयार हुनेछौँ ।”

“इरानको परमाणु मुद्दा पश्चिमाहरूसँग वार्ताको एक मात्र विषय भएको तर यसबारे इरानकोे अडान पूर्ववत रहने छ,” उहाँले भन्नुभयो ।

इरानले आफ्नो भूमिमा युरेनियम प्रशोधन गर्ने अधिकार नछोड्ने बताउँदै उहाँले संवर्धित युरेनियम शान्तिपूर्ण उद्देश्यका लागि मात्र प्रयोग गरिने बताउनुभयो ।

इरान र सामूहिक रूपमा इ–थ्री नामले सम्बोधन गरिने तीन युरोपेली देशहरू फ्रान्स, बेलायत र जर्मनीबीच वार्ता पुनः सुरु भएको बारेमा उहाँले भन्नुभयो, “हाल युरोपेलीहरूसँग वार्ताको लागि कुनै आधार छैन।”

“औपचारिक रूपमा संयुक्त बृहत् कार्य योजना (जेसिपिओए) भनेर चिनिने सन् २०१५ मा अमेरिकासहितका शक्ति राष्ट्रसँग इरानल गरेकोे आणविक सम्झौतामा हस्ताक्षर गरेको थियो। सम्झौतामा विश्वका छ शक्ति राष्ट्रहरू बेलायत, चीन, फ्रान्स, जर्मनी, रुस र संयुक्त राज्य अमेरिकाले प्रतिबन्ध अन्त्यका लागि इरानले आफ्नो परमाणु कार्यक्रममा प्रतिबन्धहरू स्वीकार गरेको थियो।

संयुक्त राज्य अमेरिकाले सन् २०१८ मा सम्झौताबाट हात झिक्यो र प्रतिबन्धहरू पुनःस्थापित गरेपछि तेहरानले पनि आफ्ना केही प्रतिबद्धताहरू फिर्ता लिन बाध्य बनेको दाबी गर्दै आएको छ।(रासस/एएफपी)




भर्खरै