काठमाडौँ । काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया एण्ड इएपी छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ ।
नेपालले युएईलाई १४१ रनको लक्ष्य दिएको छ । ओमान क्रिकेट एकेडेमीको मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १४० रन जोडेको हो ।
नेपालका लागि आसिफ शेखले अर्धशतकीय पारी खेले । उनले ५१ रन जोडे । यस्तै, कुशल भुर्तेलले २८, रोहित पौडेलले २०, गुलशन झाले १४ रन, कुशल मल्लले १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ युएईका जुनैद सिद्धिकी, मुहम्मद रोहिद, जाहिद अलि, हैदर अलि, हर्षित कौशिक र ध्रुव पराशरले एक–एक विकेट लिए ।










