३ भाद्र २०८३, बुधबार
,
Latest
बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद बोगटी लागुऔषध दुर्व्यसनी भयावह अवस्था रोक्न सांसद खनालले गराए सरकारको ध्यानाकर्षण बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप दस परिवारलाई एनटीएको राहत



अ+ अ-

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड¬ १९) का कारण प्रत्यक्ष मारमा परेका दैनिक मजदुरी गरी गुजारा गर्दै आएका १० परिवारलाई नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले राहत स्वरुप खाद्य सामाग्री मंगलबार प्रदान गरेको छ ।

कागेश्वरी नगरपालिका वडा ४ स्थित डाँछीका मजदुरका परिवारलाई राहत प्रदान गरिएको एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् । प्रदान गरिएको राहतमा चामल, तेल, नुन, दाल र चिनी रहेका छन् । एक परिवारलाई २ हजार १ सय रुपैयाँ बराबरीको राहत सामाग्री दिइएको हो ।

सोमबार एनटीएले कागेश्वरी मनोहरा नगरपालिका वडा ६ स्थित मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासंगै रहेको सुकुमवासी बस्तीका १० घरका परिवारलाई सोही अनुसारको राहत वितरण गरेको थियो ।

राहत सामाग्रीका लागि दिल गुरुङ (हङकङ), मन राई (युके), तेक्वान्दोकर्मीहरु ईश्वरमान वज्राचार्य, तिलक लामा, नन्द विष्ट र श्रीकृष्ण खड्का तथा सार्प ट्राभलले आर्थिक सहयोग गरेका हुन् । उनीहरुबाट कुल ९१ हजार १ सय ५१ रुपैयाँ संकलन भएको अध्यक्ष खड्काले जनाएका छन् । २०७२ सालको महाभुकम्पमा पनि एनटीएले भुकम्प पीडितहरुलाई राहत वितरण गरी सहयोग गरेको थियो ।