२३ आश्विन २०८१, बुधबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग बडादशैँमा घर जाने सैनिक तथा आश्रित परिवारलाई यातायात सुविधा सञ्चालन रहेनन् वरिष्ठ गीतकार विश्व बल्लभ रावणको संगतमा कुम्भकर्णको बुद्धि भ्रष्ट भयो… अधिकार सम्पन्न संरचना बनाउँदा मात्रै विपद्पछिको पुन:निर्माण सहज रुपमा गर्नसक्छौं: पूर्वाधारविज्ञ ज्ञवाली जब आलियाले ६ घण्टासम्म पिसाब रोकेर राखिन्… पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

१ हजार ७ सय ९६ जनाको परिक्षण, रेड जोनमा १ सय ७२ जना



अ+ अ-

काठमाडौं । गत शनिबार एकैदिन तीन जना कोभिड १९ को संक्रमित भेटीएपछि आज मंगलबारसम्म कुनैपनि संक्रमित भेटिएको छैन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित फेला नपरेको बताउनुभएको हो । शनिबार यता २ सय ५५ जनाको परीक्षण गरिएको छ । शनिबार सम्म १ हजार ४ सय ४१ जनाको परीक्षण गरिएको थियो । यस्तै मंगलबारसम्म कुल १ हजार ७ सय ९६ जनाको परिक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो । जसमध्ये ९ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ भने एक जना उपचार पछि घर फर्किसकेका छन् । प्रवक्ता देवकोटाले उपचाररत ८ जनाको स्वास्थ्य अवस्था समान्य रहेको समेत बताउनुभयो । यस्तै संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ ९० प्रतिशत सम्पन्न भएको समेत उहाँले बताउनुभयो । संक्रमणको जोखिम उच्च भएका जिल्लाहरु कैलाली, कञ्चनपुर, र्यापीड डायगोनिस्टिक टेस्ट मार्फत परीक्षण शुरु गरिएको समेत उहाँले बताउनुभयो । जुम्ला र अछाममा पनि परीक्षणका लागि स्वाब लिने काम भइराखेको उहाँले बताउनुभयो ।

काठमाडौं उपत्यका भित्र १६ जना र काठमाडौं बाहिर ८४ जना आइसोलेसनमा रहेको र क्वारेन्टाइनमा ९ हजार २ सय २८ जना रहेको प्रवक्ता देवकोटाले बताउनुभयो । यस्तै रेड जोनमा मंगलबार १७ जना थपिएर १ सय ७२ जना पुगेको उहाँले बताउनुभयो । यसबाहेक काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका ३५ जना व्यक्तिहरुको नमुना संकलन समेत भएको उहाँले बताउनुभयो ।

विरेन्द्र सैनिक अस्पतालको संयुक्त मेडिकल टोलिले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका अस्पतालहरुका २६ जना स्वास्थ्य कर्मीहरुलाई कोभिड १९ सम्बन्धी तालिम दिने कार्य मंगलबार नै सम्मन्न भएको उहाँले बताउनुभयो ।

निजी स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मिहरुलाई सरकारले आवश्यकता अनुसार परिचालन गरेर आ–आफ्नो तह अनुसार सुविधा दिने निर्णय गरे अनुसार काम अगाडि बढाइएको समेत उहाँले बताउनुभयो ।